घरायसी विवादमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु
जानकारी केन्द्र
२०८१, पुष, ३
भक्तपुर । भक्तपुरमा घरायसी विवादको क्रममा बुबाले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । भक्तपुर नगरपालिका २ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका ६ हात्तिबाचका ३१ वर्षीय नरेन्द्र बहादुर शाहीलाई उनका ६३ वर्षीय बुबा दिप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गरेका थिए ।
गएराति भएको घटनामा नरेन्द्र गम्भीर घाइते भएका थिए । घाइते नरेन्द्रलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको गएराति मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न उनका बुबा दिप बहादुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । अपराधको कारण पारिवारिक विवाद रहेको अनुमान गरिएपनि घटना सम्बन्धमा विस्तृत अनुसन्धान जारी छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
