• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ चैत २०८२, शनिबार
२१ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • ७ घण्टा 

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
  • ९ घण्टा 

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
  • ९ घण्टा 

डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
  • १० घण्टा 

सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय
  • १० घण्टा 

अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने
  • ११ घण्टा 

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन
  • १२ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. मध्यरातमा भूकम्पकाे धक्का

  • २. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ३. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

  • ४. २०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

  • ६. नेपालमा उपलब्ध बजाजको डोमिनार २५० बाइक: यस्ता छन् फिचरहरु

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने

  • ९. २०८२ चैत १९ गते बिहीबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. AmCham Nepal Strengthens Economic Diplomacy Engagement with Ministry of Foreign Affairs

हनी ट्र्याप : डिजिटल दुनियाँको नयाँ ठगी, कसरी जोगिने ?

जानकारी केन्द्र २०८१, पुष, ३

एजेन्सी । आजको डिजिटल युगमा ठगीका नयाँ-नयाँ स्वरूप देखा परिरहेका छन् । तीमध्ये एक घातक र योजनाबद्ध ठगी हो– हनी ट्र्याप । यो एक यस्तो ठगी हो, जसमा महिलालाई अगाडि सारेर संगठित आपराधिक गिरोहहरूले पुरुषहरूलाई जालमा पार्छन् र ठूलो रकम असुल्छन् । हनी ट्र्यापमा अनपढ मात्रै होइन, पढे लेखेका व्यक्तिहरू समेत सजिलै शिकार बन्ने गरेका छन् ।

उदाहरणका लागि, गत वर्ष भारतको महाराष्ट्र राज्यको एन्टी(टेरोरिजम स्क्वाड (एटीएस) ले रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का एक वैज्ञानिकलाई पक्राउ गरेको थियो । उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लागेको थियो । पछि अनुसन्धानमा यो घटना हनी ट्र्याप भएको खुलेको थियो । वैज्ञानिकलाई फसाउने महिला पाकिस्तानकी एजेन्ट थिइन् ।

सन् २०२३ मा संयुक्त राष्ट्रसंघ मानव अधिकार (यूएन ह्युमन राइट्स) ले हनी ट्र्याप सम्बन्धी एक रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टले दक्षिण(पूर्वी एसियामा हजारौं मानिस यस किसिमको ठगीको शिकार भएको देखाएको छ । सन् २०२१ मा मात्रै, हनी ट्र्यापमार्फत ६४ हजार करोड भारतीय रुपैयाँ असुली भएको उल्लेख गरिएको छ ।

हनी ट्र्यापका उद्देश्यहरू
हनी ट्र्याप प्राय : दुई प्रमुख उद्देश्यका लागि प्रयोग गरिन्छ । पहिलो, दुश्मन मुलुकका गोप्य र संवेदनशील सूचनाहरू प्राप्त गर्नु । दोस्रो, व्यक्तिबाट ठूलो आर्थिक रकम असुली गर्नु । यसको लागि संगठित गिरोहहरूले विशेष गरी उच्च सरकारी अधिकारी, धनाढ्य व्यक्ति र गोप्य जानकारी राख्ने पेशामा रहेका व्यक्तिहरूलाई निशाना बनाउँछन् ।

कस्ता व्यक्तिहरू बन्ने गर्छन् शिकार ?
– प्रतिष्ठित र जिम्मेवार पदमा रहेका व्यक्ति ।
– गोप्य तथा संवेदनशील सूचनासँग सम्बन्धित पेशामा संलग्न व्यक्ति ।
– धनाढ्य व्यक्तिहरू, जससँग ब्ल्याकमेलिङका लागि आवश्यक पैसा हुन्छ ।
– एक्लो जीवन बिताइरहेका, सहजै प्रभावित हुने वा विपरीत लिंगप्रति अत्यधिक आकर्षण भएका व्यक्ति ।
– जसले शारीरिक सम्पर्कको कमीका कारण सधैं तनाव महसुस गर्छन् ।

कसरी गर्ने हनी ट्र्यापको पहिचान ?
– अन्जान व्यक्ति तपाईंलाई बारम्बार होटल वा निजी ठाउँमा भेट्न बोलाउँछ भने ।
– डेटिङ एपहरूमा भेटिएका व्यक्तिले इमोसनल्ली म्यानुपुलेट गर्न आफ्ना दुःख, दर्द सुनाइरहेका छन् भने ।
– कुनै व्यक्तिको डिजिटल प्रोफाइल शंकास्पद छ भने ।
– अन्जान व्यक्तिले सामाजिक सञ्जालमा बारम्बार फ्रेन्ड रिक्वेस्ट पठाइरहेको छ भने ।
– तपाईंको बारेमा अत्यधिक प्रश्न गरिरहेको छ भने ।

हनी ट्र्यापको इतिहास
‘हनी ट्र्याप’ शब्द पहिलो पटक ब्रिटिश उपन्यासकार जोन ली क्यारीले आफ्नो सन् १९७४ मा प्रकाशित उपन्यास ‘टिंकर टेलर सोल्जर स्पाई’मा प्रयोग गरेका थिए । अहिले यो शब्द केवल उपन्यासमा सीमित नरही वास्तविक दुनियाँको ठगीको भयानक रूप बनेको छ ।

सतर्कता र सावधानी
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा सजगता अपनाउनु नै हनी ट्र्यापबाट बच्ने सबैभन्दा ठूलो उपाय हो । अन्जान व्यक्तिहरूसँग चाँडै विश्वास नगर्ने, शंकास्पद गतिविधिबाट टाढा बस्ने र संवेदनशील जानकारी गोप्य राख्ने बानीले यसबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने
आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

ताजा

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.