हनी ट्र्याप : डिजिटल दुनियाँको नयाँ ठगी, कसरी जोगिने ?
एजेन्सी । आजको डिजिटल युगमा ठगीका नयाँ-नयाँ स्वरूप देखा परिरहेका छन् । तीमध्ये एक घातक र योजनाबद्ध ठगी हो– हनी ट्र्याप । यो एक यस्तो ठगी हो, जसमा महिलालाई अगाडि सारेर संगठित आपराधिक गिरोहहरूले पुरुषहरूलाई जालमा पार्छन् र ठूलो रकम असुल्छन् । हनी ट्र्यापमा अनपढ मात्रै होइन, पढे लेखेका व्यक्तिहरू समेत सजिलै शिकार बन्ने गरेका छन् ।
उदाहरणका लागि, गत वर्ष भारतको महाराष्ट्र राज्यको एन्टी(टेरोरिजम स्क्वाड (एटीएस) ले रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का एक वैज्ञानिकलाई पक्राउ गरेको थियो । उनीमाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लागेको थियो । पछि अनुसन्धानमा यो घटना हनी ट्र्याप भएको खुलेको थियो । वैज्ञानिकलाई फसाउने महिला पाकिस्तानकी एजेन्ट थिइन् ।
सन् २०२३ मा संयुक्त राष्ट्रसंघ मानव अधिकार (यूएन ह्युमन राइट्स) ले हनी ट्र्याप सम्बन्धी एक रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टले दक्षिण(पूर्वी एसियामा हजारौं मानिस यस किसिमको ठगीको शिकार भएको देखाएको छ । सन् २०२१ मा मात्रै, हनी ट्र्यापमार्फत ६४ हजार करोड भारतीय रुपैयाँ असुली भएको उल्लेख गरिएको छ ।
हनी ट्र्यापका उद्देश्यहरू
हनी ट्र्याप प्राय : दुई प्रमुख उद्देश्यका लागि प्रयोग गरिन्छ । पहिलो, दुश्मन मुलुकका गोप्य र संवेदनशील सूचनाहरू प्राप्त गर्नु । दोस्रो, व्यक्तिबाट ठूलो आर्थिक रकम असुली गर्नु । यसको लागि संगठित गिरोहहरूले विशेष गरी उच्च सरकारी अधिकारी, धनाढ्य व्यक्ति र गोप्य जानकारी राख्ने पेशामा रहेका व्यक्तिहरूलाई निशाना बनाउँछन् ।
कस्ता व्यक्तिहरू बन्ने गर्छन् शिकार ?
– प्रतिष्ठित र जिम्मेवार पदमा रहेका व्यक्ति ।
– गोप्य तथा संवेदनशील सूचनासँग सम्बन्धित पेशामा संलग्न व्यक्ति ।
– धनाढ्य व्यक्तिहरू, जससँग ब्ल्याकमेलिङका लागि आवश्यक पैसा हुन्छ ।
– एक्लो जीवन बिताइरहेका, सहजै प्रभावित हुने वा विपरीत लिंगप्रति अत्यधिक आकर्षण भएका व्यक्ति ।
– जसले शारीरिक सम्पर्कको कमीका कारण सधैं तनाव महसुस गर्छन् ।
कसरी गर्ने हनी ट्र्यापको पहिचान ?
– अन्जान व्यक्ति तपाईंलाई बारम्बार होटल वा निजी ठाउँमा भेट्न बोलाउँछ भने ।
– डेटिङ एपहरूमा भेटिएका व्यक्तिले इमोसनल्ली म्यानुपुलेट गर्न आफ्ना दुःख, दर्द सुनाइरहेका छन् भने ।
– कुनै व्यक्तिको डिजिटल प्रोफाइल शंकास्पद छ भने ।
– अन्जान व्यक्तिले सामाजिक सञ्जालमा बारम्बार फ्रेन्ड रिक्वेस्ट पठाइरहेको छ भने ।
– तपाईंको बारेमा अत्यधिक प्रश्न गरिरहेको छ भने ।
हनी ट्र्यापको इतिहास
‘हनी ट्र्याप’ शब्द पहिलो पटक ब्रिटिश उपन्यासकार जोन ली क्यारीले आफ्नो सन् १९७४ मा प्रकाशित उपन्यास ‘टिंकर टेलर सोल्जर स्पाई’मा प्रयोग गरेका थिए । अहिले यो शब्द केवल उपन्यासमा सीमित नरही वास्तविक दुनियाँको ठगीको भयानक रूप बनेको छ ।
सतर्कता र सावधानी
सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूमा सजगता अपनाउनु नै हनी ट्र्यापबाट बच्ने सबैभन्दा ठूलो उपाय हो । अन्जान व्यक्तिहरूसँग चाँडै विश्वास नगर्ने, शंकास्पद गतिविधिबाट टाढा बस्ने र संवेदनशील जानकारी गोप्य राख्ने बानीले यसबाट बच्न सकिन्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
