पत्थरी हुँदा के खाने, के नखाने ? जान्नुहोस् महत्वपूर्ण सुझावहरू
काठमाडौं । पत्थरी हुँदा के खाने, के नखाने भन्ने जानकारी धेरैलाई थाहा नहुन सक्छ । खास गरी, मानिसको शरीरमा पत्थरी विभिन्न कारणले अचानक देखा पर्ने समस्या हो, जुन युरिक एसिड क्रिस्टल, फोस्फोरिक एसिड क्रिस्टल र क्याल्सियम ओग्ज्यालेट क्रिस्टलका रूपमा पाइन्छ ।
पत्थरी बन्ने मुख्य कारणहरूमा गलत खानपान, पानी तथा तरल पदार्थको कम सेवन, अत्यधिक नुनको सेवन, जन्मजात रूपमा मेटाबोलिजमको असन्तुलन, हाइपर थाइराइडिज्म, उच्च तौल तथा मोटोपना, उच्च रक्तचाप, मधुमेह र आनुवंशिक गुणहरू प्रमुख छन् । यी कारणहरूले मिर्गौलामा मिनरलहरू जम्मा भएर पत्थरी बन्ने समस्या निम्त्याउँछ ।
पत्थरी रोकथामका लागि सही जीवनशैली र खानपानको विशेष ध्यान दिन आवश्यक हुन्छ । खानपिनमा ध्यान दिनु सबैभन्दा महत्वपूर्ण उपाय हो । धेरै चिल्लो, पिरो र नुनिलो खानेकुरा खानबाट जोगिनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनु जरुरी छ, किनभने मिर्गौलाको माध्यमबाट शरीरमा रहेका विकारलाई पिसाबमार्फत बाहिर निकाल्न पानीको भूमिका अत्यावश्यक हुन्छ । पिसाब धेरैबेर नरोक्ने बानी बसाल्नुपर्छ, किनभने पिसाब रोक्दा मिर्गौलामा विकारको स्तर बढ्न सक्छ र पत्थरी बन्न सक्छ ।
दैनिक रूपमा व्यायाम गर्ने बानीले पनि पत्थरी बन्ने जोखिमलाई कम गर्न मद्दत गर्छ । शारीरिक सक्रियता शरीरको मेटाबोलिजमलाई सन्तुलित राख्न सहयोग गर्छ, जसले मिर्गौलामा मिनरलहरूको असन्तुलन हुनबाट रोक्छ । पत्थरीको समस्या रोक्न पानीका साथै अन्य तरल पदार्थ, जस्तै नरिवलको पानी, जुस र सूप जस्ता तरल पदार्थ पिउनुपर्छ । धेरै नुन भएको खाना र प्रशोधन गरिएका खाद्य पदार्थको सेवन कम गर्नु पनि अत्यावश्यक छ ।
सुरुमा सामान्य देखिने पत्थरी समयमै जाँच नगरिए स्वास्थ्यलाई गम्भीर असर पुर्याउन सक्छ । त्यसैले, नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने र वर्षमा कम्तीमा एकपल्ट मिर्गौलाको अल्ट्रासाउन्ड परीक्षण गराउनु उचित हुन्छ । यसले पत्थरी भएको प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न मद्दत गर्दछ । नियमित जाँच, सन्तुलित खानपान, पर्याप्त पानीको सेवन र स्वस्थ जीवनशैली अपनाए पत्थरीजस्तो गम्भीर समस्याबाट जोगिन सकिन्छ ।
यसका साथै, पत्थरीको प्रकृति अनुसार चिकित्सकसँग परामर्श गरेर विशेष प्रकारका खानेकुराको योजना बनाउनु पर्छ । युरिक एसिड क्रिस्टल पत्थरी भएका व्यक्तिहरूले मासुजन्य पदार्थ र उच्च प्रोटिनयुक्त खाना कम खानुपर्छ । फोस्फोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट क्रिस्टल पत्थरी भएका व्यक्तिहरूले पालुंगो, चिया, चकलेट र क्याल्सियमयुक्त खानाको सेवनमा ध्यान दिनुपर्छ । यसरी, सही जानकारी र सावधानीले पत्थरीबाट हुने समस्याबाट जोगिन सकिन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


