अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना हुने
काठमाडौँ । संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ मा विश्व ध्यान दिवसको रुपमा मान्यता प्रदान गरिएकोले विश्वभरि सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ । ध्यानलाई शुद्धतम रुपमा विश्वभरी मानव कल्याण, शान्ति र आरोग्यको उज्यालो वातावरण निर्माण गर्न अझ बढी महत्वपूर्ण भूमिका खेल्ने नै छ । साथ साथै पूर्विय दर्शन र संस्कृतिको गौरब विश्वभरि फैलिने निश्चित छ ।
“द आर्ट अफ लिभिङ्ग नेपाल” ले ई.स.२०२४ डिसेम्बर २१ को दिन अन्तराष्ट्रिय ध्यान डे २०२४ कार्यक्रम आयोजना गरेको सहर्ष अवगत गराउन चाहन्छौं ।
विश्व मानवतावादी तथा आध्यात्मिक महापुरुष पूज्य श्री श्री रवीशंकर गुरुदेवबाट चार दशक अगाडि ई.सं. १९८१ मा स्थापित “द आर्ट अफ लिभिङ्ग” संस्था आज १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरु माझ आफ्नो गतिविधिहरु संचालन गर्दै आइरहेको छ । हिंसा मुक्त समाज, तनाव मुक्त मन र शान्ति र खुशी बाड्ने उद्देश्यले यो संस्था क्रमिक रुपमा योग/प्रणायाम क्रिया र ध्यान पूर्ण सफलताको साथ अघि बढिरहेको छ ।
डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसको अवसरमा विश्वभरका मानिसहरू गुरुदेव श्री रविशंकरसँग ध्यान गर्न एक साथ भेला हुँदैछन् । यो ऐतिहासिक र सबैभन्दा ठूलो ध्यान कार्यक्रम UN को Headquarter वाट प्रशारण हुनेछ । तपाईंले यो अवसर छुटाउन चाहनुहुन्न भने बेलुँकी ८ः०० बजे माथि फोटोमा भएको QR मा Scan गरी Live मा सहभागी भई गुरुदेवसंग ध्यान गर्न सकिनेछ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

