चिसोमा बढ्छ सक्छ युरिक एसिड, यसरी पाउनुस् छुटकारा
एजेन्सी । पछिल्लो समय युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा युरिक एसिडको समस्या हुनेहरुले विशेष ध्यान दिन आवश्यक छ ।
शरीरमा केही तन्तुहरुले खाद्य पदार्थलाई प्युरिन नामक प्रोटिनमा परिवर्तन गर्छ । प्युरिन प्रोटिन टुक्रिँदा एसिड बन्छ । यो मिर्गौलामार्फत् छानिएर बाहिर निस्किन्छ । एसिड मिर्गौलामार्फत छानिएर बाहिर गएन भने रगतमा मिसिन्छ । र विस्तारै–विस्तारै क्रिस्टलका रुपमा हड्डिहरुको बीचमा जम्मा हुन्छ । जसलाई युरिक एसिड भनिन्छ ।
युरिक एसिड बढ्ने कारणहरु :
–अत्यधिक मदिरा सेवन गर्नु
–थाइराइड
–मोटोपना
–पानी नपिउनु
–मिर्गौलाले फिल्टर गर्न नसक्नु
–भिटामिन बी–३ को कमि
युरिक एसिडबाट छुटकारा पाउन के गर्ने
भिटामिन सी : युरिक एसिड नियन्त्रणका लागि हरेक दिन भिटामिन सीको सेवन गर्न आवश्यक छ । सधैं बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउँदा युरिक एसिड नियन्त्रण हुन्छ ।
ज्वानो : युरिक एसिड कम गर्नका लागि ज्वानोको सेवन सबैभन्दा उत्तम मानिन्छ । हरेक बिहान खाली पेटमा ज्वानोको पानी पिउँदा यसबाट आराम मिल्छ । ज्वानोमा पाइने पोषक तत्व, एन्टिअक्सिडेन्ट, ओमेगा–३, फ्याटी एसिड जस्ता औषधिय गुणहरुले युरिक एसिड नियन्त्रण गर्छ ।
अलसी : अलसीलाई रातभर पानीमा भिजाएर राख्ने र बिहान खाली पेटमा चपाएर खाने गर्नुस् । यसबाट युरिक एसिड नियन्त्रण हुन्छ ।
एप्पल साइडर भिनेगर : खाली पेटमा एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर खाँदा युरिक एसिड नियन्त्रण हुन्छ । यसमा भिटामिनहरु, एन्जाइम र प्रोटिन जस्ता पोषक तत्वहरु पाइन्छन् ।
जैतुनको तेल : जैतुनको तेलमा भिटामिन ई, अन्य पोषक तत्व, एन्टिअक्सिडेन्ट, औषधिय गुणहरु आदि हुन्छन् । यसले युरिक एसिड नियन्त्रण गर्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
