द वन्डरल्यान्डमा सबै उमेर समूहलाई केन्द्रित गर्दै “द वन्डरल्यान्ड विन्टर” कार्निभल कार्यक्रम हुने
ललितपुर । द वन्डरल्यान्ड गेम जोनले वन्डरल्याण्ड कार्भिनल घोषणा गर्न गइरहेको छ । सोहि कार्निभल कार्यक्रम डिसेम्बर २४ देखि जनवरी १ सम्म हुनेछ । परिवार र साथीहरूसँग सहभागी हुन सक्ने बताइएको छ ।। जहाँ अतिरिक्त खेलहरू, मस्कट परेड, सान्ता क्लॉजको उपस्थिती, बिङ्गो सत्र, लक्की ड्रा, खेल प्रतियोगिता, खाने चुनौती, लाइभ ब्यान्ड, संगीत प्रस्तुतिहरू, डिस्को नाईट जस्ता रोमाञ्चक गतिविधिहरू हुनेछ । यहि कार्यक्रम अन्तरगत वन्डरल्यान्डको एक वर्षको सफलता मनाउनका लागि पनि उपस्थित भएको र यो एक वर्षको अवधिमा वन्डरल्यान्डले मात्र एक उत्कृष्ट मनोरञ्जन स्थलको रूपमा आफ्नो स्थान बनाउन सफल भएको छ । वन्डरल्यान्डले देशभरि लोकप्रियता प्राप्त गर्दै सबै उमेरका मानिसहरूको मन जित्न सफल भएको बताइएको छ ।
यो कर्निभल एक वर्षमा प्राप्त गरेको सफलताको उत्सव मनाउदै भविष्यमा पनि वन्डरल्यान्डमा यस्ता उत्सव र मनोरन्जनात्मक कार्यक्रमहरूको आयोजना गर्ने घोषणा साथै विभिन्न कार्यक्रम मार्फत झन शसक्त र सुधार गर्दै जाने जनाइएको छ । नेपालको एक शीर्ष रमाइलो पार्क वन्डरल्याण्ड नेपालमा हरेक उमेर समूहका लागि रमाईलो आकर्षणहरू प्रदान गर्न सफल भएको छ । यहाँ थ्रिल राइड्सदेखि लिएर पूर्णतः डुब्दो भर्चुअल रियालिटी अनुभवसम्म सबैका लागि आकर्षक गतिविधिहरू उपलब्ध छन् । गो–कार्टिङ, Virtual reality, motorized zipline, projection bowling, trampoline, outdoor rides, arcade गेम्सजस्ता सुरक्षित र रोमाञ्चक गतिविधिहरूले परिवारलाई अविस्मरणीय यादहरू सिर्जना गर्न सहयोग पुर्याएका छन् ।
मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको बताइएको छ । चाहे निजी कार्यक्रमको आयोजना गर्न चाहना होस वा रोमाञ्चक साहसिक दिन बिताउने योजना बनाउन, वन्डरल्यान्डले हरेक पललाई उत्सवमा बदलिदिएको छ । अहिलेसम्म वन्डरल्यान्ड ले नेपालमा “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सट सफलतापूर्वक आयोजना गरिसकेकोे छ । यी सबै कार्यक्रमहरूले वन्डरल्यान्ड नेपालमा आगन्तुकहरूलाई विशेष अनुभव र अविस्मरणीय यादहरू दिएका छन् ।

सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
