शीतलहर र हिमपातको जोखिमबाट कसरी सुरक्षित रहने ?
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहनका लागि सबैलाई सचेत गराएको छ । हिमाली र उच्च पहाडी क्षेत्रहरुमा हिमपात र तराईका भूभागमा शीतलहर सुरु भएकाले मन्त्रालयले यसबाट बच्नका लागि विशेष ध्यान दिन आग्रह गरेको छ ।
पछिल्ला केही दिनदेखि बढ्दो चिसो र शीतलहरले जनजीवन प्रभावित भएको छ । यसले स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउन सक्छ । स्वास्थ्य मन्त्रालयले शरीरको सबै भाग ढाक्ने गरी न्यानो र बाक्लो लुगा लगाउन र कोठा न्यानो राख्ने सल्लाह दिएको छ । तर, कोठामा पर्याप्त हावा र अक्सिजनको आपूर्ति कायम राख्नु पर्ने पनि मन्त्रालयले जोड दिएको छ ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरू र दीर्घरोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले आमाबच्चालाई नियमित रूपमा स्तनपान गराउन, तातो र पोषिलो झोल पदार्थ सेवन गर्न र धूमपान तथा मद्यपान नगर्न सल्लाह दिएको छ ।
साथै, स्वास्थ्य समस्याको लक्षण देखिएमा, जस्तै ज्वरो, झाडापखाला, दम बढ्नु, खोकी लाग्नु, घ्यारघ्यार हुने वा श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले सुत्ने कोठामा आगो, हिटर, मकल वा कोइला जस्ता वस्तु बालेर झ्याल र ढोका बन्द गरेर नसुत्न सचेत गराएको छ ।
यस प्रकारको अवस्था श्वास फेर्न समस्या उत्पन्न गरेर मृत्युको खतरा बढाउन सक्छ । साथै, आगो बालिएको ठाउँमा बच्चाहरूसँग एक्लै नबस्न पनि सचेत गराइएको छ । यो समयमा स्वास्थ्यको सुरक्षा र चिसोबाट बच्नका लागि मन्त्रालयको निर्देशन अनुसार सतर्क रहन आवश्यक छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


