शीतलहर र हिमपातको जोखिमबाट कसरी सुरक्षित रहने ?
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहनका लागि सबैलाई सचेत गराएको छ । हिमाली र उच्च पहाडी क्षेत्रहरुमा हिमपात र तराईका भूभागमा शीतलहर सुरु भएकाले मन्त्रालयले यसबाट बच्नका लागि विशेष ध्यान दिन आग्रह गरेको छ ।
पछिल्ला केही दिनदेखि बढ्दो चिसो र शीतलहरले जनजीवन प्रभावित भएको छ । यसले स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउन सक्छ । स्वास्थ्य मन्त्रालयले शरीरको सबै भाग ढाक्ने गरी न्यानो र बाक्लो लुगा लगाउन र कोठा न्यानो राख्ने सल्लाह दिएको छ । तर, कोठामा पर्याप्त हावा र अक्सिजनको आपूर्ति कायम राख्नु पर्ने पनि मन्त्रालयले जोड दिएको छ ।
विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलाहरू र दीर्घरोगीहरूलाई चिसोबाट बचाउन विशेष ख्याल गर्नुपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले आमाबच्चालाई नियमित रूपमा स्तनपान गराउन, तातो र पोषिलो झोल पदार्थ सेवन गर्न र धूमपान तथा मद्यपान नगर्न सल्लाह दिएको छ ।
साथै, स्वास्थ्य समस्याको लक्षण देखिएमा, जस्तै ज्वरो, झाडापखाला, दम बढ्नु, खोकी लाग्नु, घ्यारघ्यार हुने वा श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । स्वास्थ्य मन्त्रालयले सुत्ने कोठामा आगो, हिटर, मकल वा कोइला जस्ता वस्तु बालेर झ्याल र ढोका बन्द गरेर नसुत्न सचेत गराएको छ ।
यस प्रकारको अवस्था श्वास फेर्न समस्या उत्पन्न गरेर मृत्युको खतरा बढाउन सक्छ । साथै, आगो बालिएको ठाउँमा बच्चाहरूसँग एक्लै नबस्न पनि सचेत गराइएको छ । यो समयमा स्वास्थ्यको सुरक्षा र चिसोबाट बच्नका लागि मन्त्रालयको निर्देशन अनुसार सतर्क रहन आवश्यक छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
