• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, साउन २१, २०८२
मङ्गलबार, साउन २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

जरायोको सिङ सहित दुई जना पक्राउ

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर

एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

एनएमबि बैंक‌द्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण

सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढ्यो,कतिमा हुँदैछ कारोबार?

कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

  • ५. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ६. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • ७. अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

  • ८. मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद

  • ९. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

मेयरद्वारा करोडौं अनियमितता हुन लागेको भन्दै कटहरिया नपामा पुनः तालाबन्दी 

रौतहट । विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलवार दिउँसो कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको हो। जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष संगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन्।

मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्। मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो। बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमती हुन सकेको थिएन। बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरुले उपस्थितिमा हस्ताक्षर गरेका थिए। तर सहमती नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताईन।

उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताईन्। मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन्।
यसै बीच मेयर जैसवालको ईशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवले जानकारी दिएकी छिन्।

तालाबन्दी पछी जनप्रतिनिधिहरुले सञ्चारकर्मी संग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरुको घर घरमा राती राती लागेर हस्ताक्षर गराईरहेको बताएका छन्। हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन्।

कटहरिया नगरपालिकाको ९ वटै वडामा झण्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए। उक्त करारका कर्मचारीहरुले २० महिनासम्मको तलब पाएका छैनन् तर मेयर जैसवाल उनीहरुलाई तलब ख्वाउनुको सट्टा केहीदिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठूलो अन्याय गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरुलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन्। गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर नभएसम्म तालाबन्दी यथावत रहने जनप्रतिनिधिहरुले अडान राखेका छन्।

सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ।  नेपाल सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको ईशारामा नगरको करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन्।

उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो। २०७४ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादव सहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै
    जरायोको सिङ सहित दुई जना पक्राउ
    डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै

    जरायोको सिङ सहित दुई जना पक्राउ

    डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

    कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • शर्मिला वाइबा पोखरावाट पुनः प्रकाउ, काठमाडौं ल्याइँदै
    • जरायोको सिङ सहित दुई जना पक्राउ
    • डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ
    • कोरियन भाषा परीक्षाको आवेदन खुला, ५३०० नेपालीलाई रोजगारीको अवसर
    • एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सुरु

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.