• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • ६ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ७ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ८ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ८ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ९ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १३ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १५ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • २. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ३. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ४. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ५. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ६. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ७. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ८. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ९. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • १०. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

अन्ततः नासाको पार्कर सोलार पुग्यो सुर्यको बायुमण्डलमा, ऐतिहासिक उपलब्धी

जानकारी केन्द्र २०८१, पुष, १०

वासिङ्टन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पार्कर सोलार प्रोब अन्तरिक्ष यान मंगलबार (डिसेम्बर २४) मा सूर्यको सबैभन्दा नजिक पुगेको छ । नासाका अनु्सार मंगलबार सूर्यको सतहबाट ३.८ मिलियन माइल मात्र टाढा भएको छ, जुनबेला पार्कर सोलारको गति ४३ हजार माइल प्रति घण्टाको थियो । विज्ञहरूले यसलाई सूर्य छुनु जस्तै भनेका छन्।

यस मिशनको उद्देश्य सूर्यको बारेमा जानकारी सङ्कलन गर्नु हो। यसले पृथ्वीमा जीवनको उत्पत्ति र ब्रह्माण्डमा अन्यत्र जीवनको सम्भावना बुझ्न मद्दत गर्न सक्छ।  यो मिसनले अन्तरिक्ष यात्रीहरू र उपग्रहहरूलाई असर गर्न सक्ने सौर्य आँधीहरूको भविष्यवाणी गर्न पनि सहयोगी हुनेछ।

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार नासाले पार्कर सोलार प्रोबलाई सन २०१८ मा प्रक्षेपण गरेकको थियो । र, यसले अहिलेसम्म सूर्यको २१ पटक परिक्रमा गरिसकेको छ । अब ६ वर्षपछि डिसेम्बर २४ को सबैभन्दा विशेष दिन भएको हो । यस दिन अन्तरिक्ष यान सूर्यको नजिक पुग्ने कुनै पनि मानव निर्मित वस्तु भएको छ ।
जसअनुसार यो सूर्यको सतहबाट ३.८ मिलियन माइल टाढा मात्रै हुनेछ। यो पृथ्वीबाट धेरै टाढा लाग्न सक्छ तर यो अन्तरिक्ष मापनमा भने धेरै नजिक हो । यसलाई यसरी सोच्नुहोस्य, दि पृथ्वी र सूर्य फुटबल मैदानको दुई छेउमा थिए भने पार्कर सोलार प्रोबको अबस्थिति सूर्यतर्फ ४–यार्ड लाइन बराबरमा रहेको मानिनेछ ।

यो मिशन किन विशेष ?

नासाको विज्ञान मिशन निर्देशनालयको हेलियोफिजिक्स डिभिजनका निर्देशक जो वेस्टलेक भन्छन्, ‘यतिखेर पार्कर सोलार प्रोब सूर्यको ४– यार्ड लाइनमा छ। यो यति नजिक छ कि यो वास्तवमा सूर्यको माथिल्लो वायुमण्डलमा छ। हामी वास्तवमा एक मिसनसँग पहिलो पटक सूर्यलाई छोएका छौं ।’

उनका अनुसार सूर्यको नजिक पुगेको यस यानले १८०० डिग्री फरेनहाइटको तापक्रमको सामना गरेको थियो । वेस्टलेक भन्छन्, ‘यो चिन्ताको विषय होइन किनभने अन्तरिक्ष यानले २५ हजार डिग्री फरेनहाइट भन्दा बढी तापक्रम सामना गर्न सक्छ।’

नासाका प्रवक्ताले सूर्यसँग अन्तरिक्ष यानको यो नजिकको भेट वर्षौंको योजनाको परिणाम हो र यसको विशेष डिजाइनका कारण सम्भव भएको बताए। सानो कार आकारको पार्कर सोलार प्रोब बिस्तारै सूर्यको नजिक हुँदैछ।

सेप्टेम्बर २०२० मा यो सूर्यको सतहबाट ८.४ मिलियन माइलको दूरीमा थियो। सेप्टेम्बर २०२३ सम्म यो ४.५ मिलियन माइल भित्र पुग्यो। यस पछि २४ डिसेम्बर २०२४ मा सबैभन्दा नजिक पुगेको हो।

वैज्ञानिकहरूले पार्कर सोलार प्रोबको निकट कक्षमा सूर्यमा ठूलो विस्फोट भएको बताएका छन्। विज्ञहरूले यसलाई सौर्य ज्वालाहरू र विस्फोटहरू अध्ययन गर्ने राम्रो अवसरका रूपमा लिएका छन्। पार्कर सोलार प्रोबले यति धेरै डाटा सङ्कलन गरेको छ कि यसको अध्ययन गर्न दशकौं लाग्नेछ। यो मिसन २०२५ मा अझ नजिकवाट दुई चक्कर पूरा गर्न सक्षम छ ।

जब कुनै अन्तरिक्ष यान सूर्यको यति नजिक हुन्छ, पृथ्वीसँगको सञ्चार हराउँछ। संचार फिर्ता स्थापित गर्न पर्याप्त टाढा नपुग्दासम्म यो आफ्नै मा उडान जारी रहेको हुन्छ।  नासाले पछिल्लो पटक डिसेम्बर २२ मा पार्कर सोलार प्रोबलाई सम्पर्क गरेको थियो। नासाले बिहीबार र शुक्रबार राति फेरि सम्पर्क हुने आशा गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.