बालबालिकालाई गालि गर्दा पर्न सक्छ यस्तो असर
काठमाडौँ । बालबालिकाहरु सानै उमेर देखि चञ्चले स्वभाबका हन्छन् । मानसिक रुपमा उनिहरुको पुर्ण रुपमा बिकास भएको हुदैन । यो अवस्थामा हुदाँ उनिहरुलाई पढ्न मन नगर्ने,बाबु आमाले भनेको नमान्ने, आफ्लाई चाहिएको कुरा पुरा नगर्दिए सम्म रुने कराउने जस्ता ब्यवहार देखाउछन् । यो अवस्थामा अभिभाबकले आवेशमा आाएर गालि गर्ने कुट्ने जस्ता काम गर्नुहुदैन । यस्तो काम गर्दा बालबालिको मानसिक रुपले असर पर्न जान्छ । बालबालिकाले आफ्नो घरमा भन्दा बढि समय विद्मालयमा बिताउने हुनाले शिक्षकहरुले पनि बालबालिकालाई डर दखाउने , धम्कि देखाउन र पिट्ने गर्नाले उनिहरुमा हिनता बोध हुन सक्छ ।
दण्ड सजायको वातावरणमा हुर्किरहेका बालबालिकाको मष्तिस्कमा नकारात्मक असर पर्न गई मानसिक विकासमा बाधा पुग्ने हुनाले उनिहरुको बौद्धिक क्षमतामा पनि असर पर्न सक्छ । बालबालिकालाई यातना वा दण्ड सजाय दिएमा उनिहरुको गल्ति र पिडालाई मात्रै मनन् गर्दछन् । त्यसै कारणले उनिहरुले आफ्नो पढाईमा ध्यान दिन नसक्ने हुन सक्छ ।
युनिसेफ संस्थाको भनाई अनुसार आवेशमा बालबच्चा प्रति गरेका नराम्रा ब्यवहारले बालबालिकामा ठुलै चोटपटक लाग्ने वा अंगभंग हुने र कुनै अवस्थामा त उनिहरुको मृत्यु समेत हुने सम्भावा रहेको पाईन्छ । त्यसैले दण्ड सजायको असर बालबालिका लाई मात्रै नभई अभिभावकलाई पनि पर्न सक्ने देखिन्छ । सु्रुमा आवेशमा आएका बेलामा गरेका नराम्रा ब्यवहारहरु अभिभावकलाई नै पछुतो पनि हुन सक्छ ।
अत : बालबालिकाले जे जस्तो ब्यवहार गरे पनि आवेशमा नआई उनिहरुले भनेको मान्ने,भनेका कुराहरु सुन्ने,गर्न नहुने कुरा छ भने राम्ररी सम्झाउने गरेमा बालबालिको अझ मनोवल बढ्न सहयोग पुग्ने देखिन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


