६ बर्ष पछि सुर्य नजिक पुगेको पार्कर सोलारकाे डाटा अर्काे बर्ष मात्रै प्राप्त हुने
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान पार्कर सोलार प्रोबले २४ डिसेम्बरको साँझ सूर्यको एकदमै नजिक पुगेर कीर्तिमान बनाए पछि बिज्ञानमा ठुलो उपलब्धी मानिएको छ ।
नासाको यो अन्तरिक्ष यान सूर्यबाट करिब ६१ लाख किलोमिटर नजिकबाट गुज्रिएको थियो, सुर्यको यती नजिक पुगेर रेकर्ड बनाएको यो संसारको पहिलो मानव निर्मित साधान हो । अझ सजिलो भाषामा भने हो पार्कर सोलारले तय गरेको दुरीलाइ अझ सजिलो तरिकाले बुझ्ने हो भने पृथ्वी र सुर्यको दुरीलाइ मानौं एक मिटर ठानौं । त्यो आधारमा भन्दा सुर्य नजिक पार्कर सोलार पुग्नलाइ जम्मा ४ सेन्टिमिटरमात्रै बाँकी रहेको अवस्था हो ।
एजेन्सीले पार्कर सोलार प्रोब स्पेसक्राफ्टले जनवरी १ मा आफ्नो स्थिति र आविष्कारहरूको विस्तृत डाटा पठाउन सुरू गर्नेछ । सूर्यको नजिक जाँदा, अन्तरिक्ष यानको गति ६.९ लाख किलोमिटर प्रति घण्टा भन्दा बढी थियो, त्यो बेला उसले के के देख्यो र के भयो ? भन्ने रिपोर्ट झन्डै एकसाता पछि अर्थात जनवरी १ वाट नासाले प्राप्त गर्नेछ । सो डाटा प्राप्त गरे पछि हाम्रो सुर्यका धेरै रहस्यहरू उदघाटन गर्नेछ ।
त्यतिबेला पार्कर सोलारले ९८२ डिग्री सेल्सियस तापक्रमको सामना गरिरहेको थियो । यति तीव्र गर्मीका बाबजुद पनि पार्कर सोलारमा कुनै क्षति भएको छैन ।
सूर्यको बाहिरी वायुमण्डल जसबाट पार्कर गएको थियो, त्यसलाई कोरोना भनिन्छ। यो सूर्य र हाम्रो सौर्यमण्डलमा यसको प्रभाव बुझ्ने दिशामा एक प्रमुख कदम हो।
डिसेम्बर २७ मा पठाइयो सिग्नल नासाबाट प्राप्त जानकारी अनुसार पार्कर सोलार प्रोबले डिसेम्बर २७ मा पृथ्वीमा नासाको जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी टोलीलाई सिग्नल पठाएको थियो, जसका कारण वैज्ञानिकहरूले यो सुरक्षित र ठीकसँग काम गरिरहेको थाहा पाएका थिए ।
नासाको यो अभियानको उद्देश्य पृथ्वीको सबैभन्दा नजिकको तारा सूर्यको बारेमा थप जानकारी सङ्कलन गर्नु हो। सूर्यको बाहिरी वायुमण्डलमा अन्तरिक्ष यानको प्रवेशले वैज्ञानिकहरूलाई सूर्यको बारेमा थप जान्न मद्दत गर्नेछ। अचम्म के छ भने सुर्य भित्रको खास तापक्रम ५ हजार ८ सय डिग्री सेल्सियस छ, जब यसको ताप बायुमण्डल (कोरोना) मा आउँछ, अचानक ५ लाख डिग्रि सेल्सियस भन्दा किन बढी हुन्छ ? भन्ने बिषय अझै सम्म सुल्झन सकेको थिएन, सम्भवतः यो यात्रा त्यो लगायत धेरै रहस्यहरू खुलासा गराउने अपेक्षा बैज्ञानिकहरूले गरेका छन् ।
यदि पार्कर अन्तरिक्ष यानले डिसेम्बर २७ सम्म पृथ्वीमा संकेत पठाएको थिएन भने यो नासाका लागि नराम्रो खबर मानिने थियो। यस मिसनमा संलग्न वैज्ञानिक नूर रवाफीले पार्करले डिसेम्बर २४ मा खिचेको तस्विर अर्को वर्षको जनवरीमा नासालाई प्राप्त हुने बताए । यस पछि क्रमशः बाँकी डाटा उपलब्ध हुनेछ, जब यो सूर्यबाट अब धेरै टाढा जानेछ ।
पार्कर सोलार ६ वर्ष पहिले नासा द्वारा १२ अगस्त २०१८ मा प्रक्षेपण गरिएको थियो। सूर्यको बाहिरी वायुमण्डललाई नजिकबाट अध्ययन गर्ने उद्देश्यले यो लन्च गरिएको हो। यसमार्फत सौर्य वायुको प्रणाली बुझ्ने प्रयास भइरहेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


