शुन्य प्रतिशत व्याजदरमै सिएफ मोटोको २५० एन के किन्न पाइने, २४ महिने सरल किस्तावन्दिको सुविधा
काठमाडौं । सिएफ मोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तिय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई शुन्य प्रतिशत व्याज दरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो २५० एन के कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सिमित अवधिका लागी लागू गरिएको यस योजना २०८१ पौष १६ गते देखि २०८१ माघ १८ गते सम्म लागु हुने बताइएको छ ।
न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सिएफमोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । उक्त योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ । यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको कम्पनीले जनाएको छ । बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको बताइएको छ । कम्पनीले हालसालै उपत्यका लगायत वाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० सिसि तथा ४५० सिसिका वाईकहरुको तालिम सिएफ मोटो चाइनाका प्रशिक्षकहरूमार्फत सञ्चालन गरेको जनाइएको छ ।
२५० एन के नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँ छुट, एक्सचेन्जमा ३० हजार रुपैयाँ थप मूल्याङ्कनका साथै, उपहार, हेल्मेट, १ वर्षको लागि सिएफ मोटोको पार्टस खरीदमा १० प्रतिशत छुट समेत दिएको बताइएको छ । सिएफ मोटोको २५० एन के मा २४९.५ सिसिको Single Cyliner Engine दिईएको जनाइएको छ ,जसले २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको टर्क उत्पादन गर्ने र यसमा डुअल च्यानल एबिएस, १२.५ लिटरको फ्युल ट्याङ्क क्यापिसिटी, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन आकर्षक डिजानइन तथा तथा आधुनिक प्रविधि अपनाएको कम्पनीले बताएको छ । उक्त वाइकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथै अपग्रेड राइडको मज्जा लिन सक्ने कम्पनी जनाइएको छ ।

सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

