आइसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
काठमाडौं । क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि लक्षीत गरेर ‘क्यानडा समिट २०२५’ आयोजना हुने भएको छ।
आगामी जनवरी ९ तारिखका दिन इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी)ले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको आइसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए। कार्यक्रम आइसीसीसीको कार्यालय पुतलीसडकमा हुनेछ।
कार्यक्रममा सेन्टेनियल कलेज, लेकहेड युनिभर्सिटी, एसएआईटी, दरहम कलेज, सेनेका पोलिटेक्निक र जर्जियन कलेज जस्ता प्रसिद्ध क्यानेडियन संस्थाका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने मौका प्राप्त हुनेछ।
सहभागीले क्यानडाको भिसा प्रक्रियाबारे जानकारी पाउने, विशेषज्ञसँग छलफल गर्ने र आफ्ना शैक्षिक योजनाका लागि व्यक्तिगत मार्गदर्शन प्राप्त गर्ने आइसीसीसीको दाबी छ।
समिटले क्यानडा अध्ययनको सपना पूरा गर्नका लागि आवश्यक ज्ञान र सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
