शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


