५०० बढी नम्बर साइबर ठगीमा सक्रिय, सचेत रहन सिआइबीको चेतावनी
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० होबिन्द्र बोगटीले शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् ।
विज्ञप्तिअनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा अनेक किसिमका ठगी धन्दा चलाउने जस्ता पनि घटिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै घटनाहरूबाट हालसालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ ।
‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएको फोन तथा मेसेजहरू नउठाउन र रिप्लाई नदिन’ सिआइबीले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


