‘टि सिडस्’ ले दिन्छ हरेक अंगलाई शक्ति, यसरी खाँदा दोहोरो फाइदा
काठमाडौं । चिया सिड्स (बिज, दाना) पौष्टिक तत्वहरूको खजाना हो। यसमा भिटामिन, प्रोटिन र खनिजहरू बढी मात्रामा रहेको हुन्छ। यसको सेवनले शरीरलाई धेरै रोगका समस्याबाट छुटकारा दिलाउन निकै फाइदाजनक पनि हुन्छ।
यसलाई रातभर पानीमा भिजाएर बिहान सेवन गर्दा पाचन क्रियादेखि तौल नियन्त्रणसम्मका अचम्मका फाइदाहरू पाउन सकिन्छ।
चिया सिड्समा पाइने ओमेगा थ्री, क्याल्सियम, फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउन, हड्डीलाई मजबुत बनाउन, पाचन क्रियामा सुधार गर्न, मस्तिष्कलाई तिखो बनाउन, छाला र कपालसँग सम्बन्धित समस्या हटाउन निकै फाइदाजनक हुन्छ।
प्रायः जसो मानिसहरूले चिया सिड्स कसरी उपभोग गर्ने भनेर बुझ्दैनन्। वास्तवमा पानीमा भिजाएर चिया सिड्स खानु निकै फाइदाजनक हुन्छ। तर ध्यान राख्नुहोस् कि यसको सन्तुलित मात्राले मात्र स्वास्थ्यको लागि लाभदायक हुन्छ।
पाचन प्रणालीमा सुधार
– चिया सिड्स पेटका लागि निकै फाइदाजनक हुन्छ। यसले पाचन प्रणालीलाई मजबुत बनाउनुका साथै धेरै रोगबाट बचाउँछ।
– चियाको बिजमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले पेटमा ग्याँस, कब्जियत र अपचजस्ता समस्यामा निकै फाइदा पुर्याउँछ।
– पाचन प्रणालीलाई बलियो राख्नका लागि चिया सिड्स रातभर पानीमा भिजाएर खानु फाइदाजनक हुन्छ।
मुटुका लागि फाइदाजनकः
– चिया सिड्सले मुटुलाई बलियो बनाउँछ। चिया सिड्स पानीमा भिजाएर खाँदा मुटुसम्बन्धी समस्या र रोगबाट धेरै राहत मिल्छ। यसमा पाइने ओमेगा थ्री, फ्याटी एसिडले मुटुलाई स्वस्थ राख्न र धेरै रोगबाट बचाउन पनि मद्दत गर्छ।
तौल घटाउनमा फाइदाजनक
– यदि तपाईं मोटोपनाको समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ भने चिया सिड्स अवश्य खानुहोस्। यसमा कम क्यालोरी हुन्छ र फाइबरले पेटभरि राख्छ, चियाको बिजको सेवनले शरीरमा बोसो घटाउने काम गर्छ।
– पेटको बोसोसँग लडिरहेका मानिसहरूका लागि पनि चियाको दानाको सेवन धेरै लाभदायक हुन्छ, हरेक बिहान पानीमा भिजाएर चिया सिड्स खानु तौल घटाउन निकै फाइदाजनक हुन्छ।
हड्डीको लागि लाभदायक
– चियाको दानामा पाइने क्याल्सियमले हड्डी बलियो बनाउन मद्दत गर्छ। यसको सेवन हड्डीका लागि निकै फाइदाजनक मानिन्छ।
– यसले ओस्टियोपोरोसिसजस्ता गम्भीर समस्याहरूको जोखिम पनि कम गर्छ। चिया सिड्स (दाना) मा पर्याप्त मात्रामा क्याल्सियम, म्याग्नेसियम र फस्फोरस हुन्छ, जसले हड्डीलाई बलियो बनाउँछ। – (एजेन्सीको सहयोगमा)
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
