के हो चीनमा देखिएको एचएमपिभीु भाइरस, कस्ता छन् यसका लक्षण ?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
बढ्दो संक्रमणको विवरण
चीनमा दिखएको हालैका घटनामा राइनोभाइरस र ह्युमन मेटान्युमोभाइरस जस्ता रोगहरू भेटिएका छन्। १४ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा मेटान्युमोभाइरस संक्रमणको संख्या उत्तरी प्रान्तहरूमा बढ्दो क्रममा रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
यद्यपि विभिन्न रिपोर्ट र सामाजिक सञ्जालहरूमा संकटबारे चर्चा भइरहे पनि चिनियाँ अधिकारीहरू र विश्व स्वास्थ्य संगठनले हालसम्म यसलाई आपतकालको रूपमा घोषणा गरेका छैनन्। यो वृद्धि विशेषगरी जाडो मौसमसँग मेल खाएको हुन्छ, जुन श्वासप्रश्वास सम्बन्धी रोगहरू सामान्यतया उच्च हुने समय हो।
एचएमपिभी के हो ?
मेटान्युमोभाइरस एक सामान्य प्रकारको भाइरस हो जसले श्वासप्रश्वास प्रणालीलाई संक्रमित गर्छ। यो भाइरस सबै उमेरका मानिसहरूमा हुन सक्छ तर विशेष गरी बच्चाहरू, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा गम्भीर समस्या निम्त्याउन सक्छ।
सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार एचएमपिभी एक श्वासप्रश्वाससम्बन्धी भाइरस हो, जसले माथिल्लो र तल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण गराउन सक्छ। यो भाइरसले सबै उमेर समूहका व्यक्तिलाई प्रभावित गर्न सक्छ, तर बालबालिका, वृद्धवृद्धा, र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ।
एचएमपिभीका लक्षणहरू
सिडिसीका अनुसार एचएमपिभीका लक्षणहरु यस्ता छन्स्
रुघा खोकी
ज्वरो
घाँटी दुख्ने
सास फेर्न कठिनाइ वा घ्यारघ्यार आवाज (गम्भीर अवस्थामा)
कहिलेकाहीँ, यो संक्रमणले ब्रोंकाइटिस, निमोनिया, वा दमसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ।
एचएमपिभी कसरी फैलिन्छ
यो भाइरस खोक्दा वा हाच्छ्युँ गर्दा निस्कने थोपा, नजिकको सम्पर्क ९जस्तै, हात मिलाउँदा वा छुँदा०, तथा प्रदूषित सतहलाई छोएपछि मुख, नाक, वा आँखालाई छुँदा फैलिन सक्छ।
जब कुनै संक्रमित व्यक्ति खोक्छ वा हाच्छिउँछ, उसको मुखबाट निस्किएका थोपाहरूमा यो भाइरस हुन्छ। यी थोपाहरूलाई अर्को व्यक्तिले सास फेर्दा उसलाई संक्रमण हुन सक्छ।
संक्रमित व्यक्तिले छोएको कुनै वस्तु छोएर हामीले आफ्नो मुख, नाक वा आँखा छोएमा पनि हामीलाई संक्रमण हुन सक्छ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। यो अवस्थामा संक्रमणको रोकथामका लागि सचेतना र सावधानी अत्यन्त महत्त्वपूर्ण छ।
मेटान्युमोभाइरसको उपचार र रोकथाम
मेटान्युमोभाइरसको कुनै विशेष उपचार छैन। धेरै मानिसहरू केही हप्ताभित्र आफैँ निको हुन्छन्। तर, यदि तपाईं वा तपाईंका बालबच्चालाई गम्भीर लक्षण देखिएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस्।
निम्न सावधानी अपनाउन सकिन्छ :
1. साबुन र पानीले बारम्बार हात धुने
2. बिरामी व्यक्तिहरूसँग नजिकको सम्पर्कमा नजाने
3. बिरामी भएमा घरमै आराम गर्ने
4. खोक्दा वा हाच्छिउँदा मुख र नाकलाई रुमालले छोप्ने
5. बारम्बार छुने वस्तुहरूलाई सफा गर्ने
6. समस्या बढ्दै गएका चिकित्सककहाँ पुग्ने
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
