बिष्णुपुर गाउँपालिका उपाध्यक्षले नै गरिन सरकारी गाडी तोडफोड
सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन।
उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले उनको व्यवहारप्रति कुरा उठ्न थालेको छ।
स्थानीयबासीका अनुसार, उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएको छ।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँ पालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिए समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाढी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएको छ। उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्। आइतबार कार्यक्रममा जान अध्यक्षसँग गाढी माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्यभएर गाडी तोडफोड गरेको बताइन्छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

