बिष्णुपुर गाउँपालिका उपाध्यक्षले नै गरिन सरकारी गाडी तोडफोड
सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन् । समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २ झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन।
उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग कुच्याएको चालक बाबुनाथ यादवले बताए। उपाध्यक्ष सिंहले घरमा लिन समयमै नपुगेको झोंकमा आक्रोश पोख्दै गाडीमा क्षति पु¥याएको घटनाले उनको व्यवहारप्रति कुरा उठ्न थालेको छ।
स्थानीयबासीका अनुसार, उपाध्यक्ष सिंहको दुई वर्षको कार्यकालमा कुनै पनि ठोस र सकारात्मक योगदान दिन नसकेको आरोप छ। उनीमाथि बितन्डा मच्चाउने, उपद्रव सिर्जना गर्ने र सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएको छ। । हाल अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएको छ।
अध्यक्षले गाडी कब्जामा राख्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा समयमा नदिंदा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक स्थानीयले बताए। आज पनि उपाध्यक्षले गाडी लिन बोलाउँदा पनि नआएपछि गाउँ पालिका अध्यक्षकै घरअगाडी रोकीएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको हो। उपाध्यक्षले ९ बजे नै घरमा लिन आउन बोलाएका थिए समयमा नगएको भन्दै तोडफोडमा उत्रेको अध्यक्ष यादवले बताए।
गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत चारचक्के गाडी चढेपनि उपाध्यक्षलाई भने गाढी सुविधा दिएको छैन। कार्यालयको एक थान सरकारी स्कोरपीओ र प्रशासकीय अधिकृत भाडाको गाढीमा चढ्दै आएको छ। उपाध्यक्ष भने आफ्नो निजी मोटरसाइकल चढ्दै आएकी छिन्। आइतबार कार्यक्रममा जान अध्यक्षसँग गाढी माग्दा पठाउँदै छु भनेर नपठाएपछि आक्रोशित उपाध्यक्षले बाध्यभएर गाडी तोडफोड गरेको बताइन्छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
