रास्वपा सभापति लामिछानेको पक्षमा थुनछेक बहस जारी
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस कास्की जिल्ला अदालतमा जारी छ। गत मङ्गलबारदेखि सुरु भएको बहस शुक्रबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले थालेका थिए।
आज (सोमबार) सभापति लामिछानेको तर्फबाट अधिवक्ता सुशीलकुमार पन्तले बहस गरेका छन्। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशीको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेका थिए। सरकारी वकिल र सहकारी पीडित पक्षको बहसपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आफ्नो तर्क प्रस्तुत गरिरहेका छन्।
थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गरी अनुसन्धान जारी राख्नेबारे अदालतले आदेश दिनेछ। सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ। सरकारी वकिलका अनुसार यस प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। सहकारी ठगी आरोपमा अन्य प्रतिवादीहरूविरुद्ध पनि बिगो र सजायको माग गरिएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

