• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • १ दिन 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १ दिन 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १ दिन 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • २. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ७. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • ८. कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

  • ९. नेप्सेमा सुधारभएसँगै ८.७८ अंकको वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

  • १०. काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय विद्यालयलाई सहयोग

कुम्भ मेला धार्मिकतासँग मात्रै होइन, खगोलीय बिज्ञानसँग पनि जोडिएको छ

जानकारी केन्द्र २०८१, पुष, २५

काठमाडौं । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ । नदीको यो संगममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौं हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दू ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दू धर्मको महान् पर्व पनि मानिन्छ ।

यसको निकै नै धार्मिक महत्व रहेको छ तर आजको यो समाचारबाट तपाईलाई थाहा हुनेछ कि कुम्भको धार्मिक महत्व मात्र छ वा यसको पछाडि कुनै वैज्ञानिक कारण छ । खासमा महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबीचको सम्बन्धको अद्भुत संगम पनि हो। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौं भक्तहरूलाई मात्र आकर्षित गर्नेछैन, तर यसको घटना पछाडिको खगोलीय र वैज्ञानिक तथ्यहरूमा पनि प्रकाशसमेत पार्नेछ। याे महाकुम्भ मेला १२४ बर्ष पछि लाग्न लागेकाे हाे ।

महाकुम्भको सुरुवात
महाकुम्भको शुरुवात सागर मन्थनको पौराणिक कथासँग जोडिएको छ। यस पौराणिक कथा अनुसार देवता र दानवहरूले अमृत प्राप्त गर्न समुन्द्र मन्थन गरेका थिए । यसरी मन्थन गरिएको अमृत कलसवाट चार ठाउँमा खसे, ती ठाउँ हुन– प्रयागराज, हरिद्वार, उज्जैन र नासिक। अहिलो यो ठाउँमा कुम्भ मेला आयोजना गर्ने केन्द्र बनेकोन छ ।  ‘कुम्भ’ शब्द आफैंमा अमृत भाँडाको प्रतीक हो, जुन अमरता र आध्यात्मिक पोषणको प्रतीक हो।

खगोलीय घटना
महाकुम्भको समय खगोलीय घटनाहरूमा आधारित छ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजन हुँदा यो मेला आयोजना गरिन्छ। बृहस्पतिको १२ वर्षको परिक्रमा चक्र र पृथ्वीसँगको यसको विशेष स्थितिले घटनालाई शुभ बनाउँछ।

२०२४ मा डिसेम्बर ७ मा बृहस्पति यसको ठिक उल्टो दिशमा हुनेछ तर पृथ्वी भने सूर्य र बृहस्पतिको बीचमा हुनेछ। यो स्थितिले बृहस्पतिलाई रातको आकाशमा अत्यन्त उज्यालो बनाउने गर्दछ । जनवरी २०२५ मा यो ग्रहले विशेष ध्यान आकर्षित गर्नेछ। यसका साथै शुक्र, शनि, बृहस्पति र मंगल ग्रहको विशेष खगोलीय घटनाले उत्साह थपिने छ।

खगोल विज्ञान
महाकुंभको संगठनले प्राचीन भारतीय खगोलीय विज्ञानको गहिरो समझ प्रकट गर्दछ। घटना स्थल र समय दुवै पृथ्वीको चुम्बकीय क्षेत्र र ग्रह स्थितिको आधारमा निर्धारण गरिन्छ। यसले देखाउँछ कि हाम्रा पुर्खाहरूलाई खगोलीय विज्ञान र जैविक प्रभावहरूको बारेमा कति धेरै गहिरो ज्ञान थियो।

कुम्भ राशिको भौगोलिक महत्व
कुम्भ मेला स्थलहरू भू चुम्बकीय ऊर्जाको आधारमा छनोट गरिएको हो। यी स्थानहरू विशेष गरी नदी संगम क्षेत्रहरू आध्यात्मिक विकासको लागि अनुकूल मानिन्छन्। प्राचीन ऋषिहरूले यी स्थानहरूमा ध्यान, योग र आध्यात्मिक प्रगतिको लागि उपयुक्त ऊर्जाको प्रवाह अनुभव गरेका थिए र तिनीहरूलाई पवित्र घोषित गरिदिए ।

कुम्भमा स्नान गर्ने विज्ञान
वैज्ञानिक दृष्टीकोणवाट कुम्भ मेला मानव शरीरमा ग्रह र चुम्बकीय क्षेत्रको प्रभाव बुझ्नको लागि उत्तम समय हो। जैविक चुम्बकत्वका अनुसार मानव शरीरले चुम्बकीय क्षेत्रहरू उत्सर्जन गर्छ र बाह्य ऊर्जा क्षेत्रहरूद्वारा प्रभावित हुन्छ। कुम्भमा स्नान र ध्यान गर्दा महसुस हुने शान्ति र सकारात्मकताको कारण यी ऊर्जा प्रवाहहरूमा निहित रहेका हुन्छन् ।

विज्ञान र अध्यात्मको संगम
ग्रहहरूको स्थितिले आध्यात्मिक मात्रै नभई वैज्ञानिक दृष्टिकोणले पृथ्वी र मानिसमा पार्ने प्रभावलाई पनि देखाउँछ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजनले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ। यी खगोलीय संयोगहरूमा कुम्भमा स्नानको महत्त्व अध्यात्म र विज्ञानको समन्वय हो।

जनवरी १३ बाट सुरु हुने सन् २०२५ को महाकुम्भमा प्रयागराजमा करोडौं भक्तजन भेला हुदैँछन् । यो एक धार्मिक घटना मात्र होइन, यो विज्ञान र संस्कृतिको एक अद्वितीय संगम पनि हो। खगोल विज्ञान, भूगोल र अध्यात्मको संयोजन भएको यस मेलाले मानवताको ब्रह्माण्डीय सम्बन्ध बुझ्ने अद्भुत अवसर प्रदान गर्नेछ ।

महाकुम्भ केवल एक धार्मिक घटना होइन । यो त प्राचीन भारतको गहिरो वैज्ञानिक र खगोलशास्त्रीय समझको प्रतीक हो। यो मेलाले हामीलाई सिकाउँछ कि आस्था र विज्ञानमा कुनै विभाजन छैन, बरु दुवै मिलेर मानवताका लागि मार्गदर्शक बन्छन्।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.