सिड्नीमा शंकास्पद अवस्थामा नेपाली महिला दिक्षा दाहालको मृत्यु
काठमाडौं । ३९ वर्षीया नेपाली महिला दिक्ष्या दाहालको अष्ट्रेलियाको सिड्नीमा शंकास्पद रुपमा मृत्यु भएको छ । परामट्टाको एउटा अपार्टमेन्टको सातौं तलाबाट खसेर ६ दिनअघि उनको मृत्यु भएको बताइएको छ ।
डेली मेलका अनुसार, उनको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको आपतकालीन नम्बर ००० मा फोन गरिएको थियो । फोन कलका क्रममा ठूलो आवाज र बहस सुन्न सकिन्थ्यो । तर, कलमा कुनै कुरा नभएपछि आपतकालीन सेवाले पुनस् सम्पर्क गर्न खोज्दा जवाफ प्राप्त भएन, अनुसन्धानकर्ता ब्यारि भिन्सेन्टले बताएका छन् ।
परामट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रवीन्द्र सुवेदीलाई सम्पर्क गर्दा उनीहरूलाई घटना बारे पहिले नै जानकारी भइसकेको थियो । सुवेदीलाई प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो तर तत्काल प्रमाणको अभावमा उनलाई रिहा गरिएको थियो । दाहाल अष्ट्रेलियामा नर्सका रूपमा कार्यरत थिइन् ।
दम्पतीको केही वर्षअघि विवाह भएको भएपनि उनीहरूको सम्बन्ध तनावपूर्ण थियो । विगतमा विवाद पनि भएको ७ न्यूजले जनाएको छ । हालसालै उनीहरू अलग बसेका थिए । प्रहरीले अहिले घटनाको अनुसन्धानका लागि सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाण जाँच गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
