बिहेसँग डर लाग्ने गामोफोबिया के हो ?
एजेन्सी । डर कसलाई लाग्दैन र १ तर, केही व्यक्तिहरूलाई विवाह र दीर्घकालीन प्रतिबद्धता प्रति यस्तो डर हुन्छ कि उनीहरूको दैनिक जीवन नै प्रभावित हुन्छ । मनोविज्ञानमा यसलाई गामोफोबिया भनिन्छ ।
गामोफोबिया भएका व्यक्तिहरू विवाहको कल्पना मात्रले पनि तनावग्रस्त हुने गर्छन् । उनीहरू विवाह गर्न त परै जाओस्, वैवाहिक जीवन बारे कुरा गर्न समेत डराउँछन् । यो मानसिक अवस्थाबाट ५८ वर्षीय बलिउड अभिनेता सलमान खान पनि पीडित रहेको बताइन्छ । यही कारणले उनले आजसम्म विवाह गरेका छैनन् ।
गामोफोबियाका लक्षण
– वैवाहिक प्रतिबद्धता र प्रतिज्ञा गर्न डराउनु ।
– भविष्यको कुराकानी गर्न तर्किनु ।
– दीर्घकालीन सम्बन्धलाई सामान्य सम्बन्धको रूपमा लिनु ।
– विवाहित व्यक्तिलाई नकारात्मक दृष्टिले हेर्नु ।
– सम्बन्धमा आउने र नजिकिन डराउनु ।
– आफ्नो जोडीले अस्वीकार गर्ने डर हुनु ।
गामोफोबिया भनेको सम्बन्ध बनाउने डर होइन । यो सम्बन्धलाई दीर्घकालीन प्रतिबद्धतामा पुर्याउन असफलताको डर हो । यस अवस्थाका व्यक्तिहरूले सम्बन्ध सुरू गर्न सक्छन्, तर विवाह जस्तो जिम्मेवारी लिन असमर्थ हुन्छन् ।
गामोफोबियाका कारणहरू
– पारिवारिक इतिहास ।
– सामाजिक प्रभाव ।
– वंशाणुगत गुण ।
गामोफोबियाको प्रभाव र उपचार
गामोफोबियाले व्यक्तिगत, शैक्षिक र व्यावसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्छ । विवाह वा दीर्घकालीन सम्बन्धमा प्रवेश गर्न नसक्ने यो अवस्था भएका व्यक्तिहरूले आफ्नो करियर र सामाजिक सम्बन्धमा समेत कठिनाइ बेहोर्नुपर्छ । तर, गामोफोबियाको उपचार सम्भव छ ।
कग्निटिभ बिहेभियर थेरापी (CBT) मार्फत यो समस्या समाधान गर्न सकिन्छ । यस थेरापीले मानिसलाई सोच्न र व्यवहारमा सकारात्मक परिवर्तन गर्न सिकाउँछ, जसले दीर्घकालीन प्रतिबद्धताका लागि आत्मविश्वास दिन्छ । गामोफोबियाका कारण जीवनभर कुमार कुमारी बस्नुपर्ने आवश्यकता छैन । सही उपचार र सहयोगले यो समस्याबाट मुक्त हुन सकिन्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
