बिहेसँग डर लाग्ने गामोफोबिया के हो ?
एजेन्सी । डर कसलाई लाग्दैन र १ तर, केही व्यक्तिहरूलाई विवाह र दीर्घकालीन प्रतिबद्धता प्रति यस्तो डर हुन्छ कि उनीहरूको दैनिक जीवन नै प्रभावित हुन्छ । मनोविज्ञानमा यसलाई गामोफोबिया भनिन्छ ।
गामोफोबिया भएका व्यक्तिहरू विवाहको कल्पना मात्रले पनि तनावग्रस्त हुने गर्छन् । उनीहरू विवाह गर्न त परै जाओस्, वैवाहिक जीवन बारे कुरा गर्न समेत डराउँछन् । यो मानसिक अवस्थाबाट ५८ वर्षीय बलिउड अभिनेता सलमान खान पनि पीडित रहेको बताइन्छ । यही कारणले उनले आजसम्म विवाह गरेका छैनन् ।
गामोफोबियाका लक्षण
– वैवाहिक प्रतिबद्धता र प्रतिज्ञा गर्न डराउनु ।
– भविष्यको कुराकानी गर्न तर्किनु ।
– दीर्घकालीन सम्बन्धलाई सामान्य सम्बन्धको रूपमा लिनु ।
– विवाहित व्यक्तिलाई नकारात्मक दृष्टिले हेर्नु ।
– सम्बन्धमा आउने र नजिकिन डराउनु ।
– आफ्नो जोडीले अस्वीकार गर्ने डर हुनु ।
गामोफोबिया भनेको सम्बन्ध बनाउने डर होइन । यो सम्बन्धलाई दीर्घकालीन प्रतिबद्धतामा पुर्याउन असफलताको डर हो । यस अवस्थाका व्यक्तिहरूले सम्बन्ध सुरू गर्न सक्छन्, तर विवाह जस्तो जिम्मेवारी लिन असमर्थ हुन्छन् ।
गामोफोबियाका कारणहरू
– पारिवारिक इतिहास ।
– सामाजिक प्रभाव ।
– वंशाणुगत गुण ।
गामोफोबियाको प्रभाव र उपचार
गामोफोबियाले व्यक्तिगत, शैक्षिक र व्यावसायिक जीवनमा समेत नकारात्मक प्रभाव पार्छ । विवाह वा दीर्घकालीन सम्बन्धमा प्रवेश गर्न नसक्ने यो अवस्था भएका व्यक्तिहरूले आफ्नो करियर र सामाजिक सम्बन्धमा समेत कठिनाइ बेहोर्नुपर्छ । तर, गामोफोबियाको उपचार सम्भव छ ।
कग्निटिभ बिहेभियर थेरापी (CBT) मार्फत यो समस्या समाधान गर्न सकिन्छ । यस थेरापीले मानिसलाई सोच्न र व्यवहारमा सकारात्मक परिवर्तन गर्न सिकाउँछ, जसले दीर्घकालीन प्रतिबद्धताका लागि आत्मविश्वास दिन्छ । गामोफोबियाका कारण जीवनभर कुमार कुमारी बस्नुपर्ने आवश्यकता छैन । सही उपचार र सहयोगले यो समस्याबाट मुक्त हुन सकिन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


