रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्तिशुद्धीकरणमा मुद्दा चलाइएको थियो । पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएसँगै आदेश आएको हो । कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि लामिछाने छुट्ने छैनन् । उनीविरुद्ध पर्सा, रुपन्देही, चितवन र काठमाडौंमा पनि मुद्दा छ ।
‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धान पश्चात सम्बन्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसूरमा छुटी जाने भएमा सम्मानित अदालतहरुमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरुलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाई दिने व्यवस्था हुन अनुरोध छ,’– अभियोग पत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले भनेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

