संघीय संसदका पाँच समितिको बैठक बस्दैँ
काठमाडौं । संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङकन सम्बन्धमा छलफल हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी छलफल हुनेछ । सो बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
बिहान ११ बजे देखी सुरू हुने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल गरिने भएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने जनाउँदै बैठक बिहान ११ः३० बजेवाट सुरू गरिने समितिले जनाएको छ ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने नेपालको संविधानको धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्ष पछी पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सो सम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल सुरू हुनेछ । जसका लागि बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
