बैज्ञानिकहरूले भेटाए १२ लाख बर्ष पुरानो बर्फको टुक्रा
काठमाडौं। के तपाईंलाई थाहा छ कि पृथ्वीको मौसम र वायुमण्डलको सबैभन्दा पुरानो प्रमाण अब बरफको टुक्रामा बन्द छ । हो, वैज्ञानिकहरूले करिब १२ लाख वर्ष पुरानो बरफको अहिलेसम्मकै पुरानो नमूना पत्ता लगाएका छन् ।
यो बरफ अन्टार्कटिकाको गहिरो बरफको तहबाट निकालिएको हो र यस अनुसन्धानले विश्वभरको जलवायु परिवर्तन, हिमयुग परिवर्तन र पृथ्वीको पुरातन वायुमण्डल बुझ्न मद्दत गर्ने जनाइएको छ । यो ऐतिहासिक आविष्कारमा इटालीका अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले कडा मिहिनेत गरेका छन्, जसले ‘बियोन्ड एपिका’ नामक परियोजना अन्तर्गत यो काम गरिरहेका हुन् । यो अभियानले युरोपेली संघ र अन्य युरोपेली देशहरूको सहयोगमा बल प्राप्त गरेको हो । इटालीले यो परियोजनाको नेतृत्व गरिरहेको छ।
यस्तो पुरानो हिउँबाट के पाउन सकिन्छ ?
यस पुरानो बरफको अध्ययन गरेर वैज्ञानिकहरूले धेरै महत्त्वपूर्ण जानकारी पाउने छन्। यसबाट उनीहरूले विगत १२ लाख वर्षमा पृथ्वीको वायुमण्डल र जलवायुमा कस्तो परिवर्तन आएको छ भन्ने थाहा पाउन सक्ने छन् । यसबाट हिमयुगको चक्रमा परिवर्तन आयो र वायुमण्डलमा हरितगृह ग्यासको स्तरमा हुने परिवर्तनहरू बुझ्न सजिलो हुनेछ। यस खोजले पृथ्वीको बढ्दो तापक्रम र जलवायु परिवर्तनमा कार्बन डाइअक्साइड र मिथेनजस्ता हरितगृह ग्याँसको भूमिका पनि उजागर गर्ने वैज्ञानिकहरू बताउँछन्।
चार वर्षको मेहनतपछि बरफ फेला परेको हो । यो महत्त्वपूर्ण अनुसन्धान पूरा गर्न चार वर्ष लाग्यो। इटाली र अन्य देशका १६ वैज्ञानिक र सहयोगी कर्मचारीहरूले अन्टार्कटिकाको कडा चिसो (औसत माइनस ३५ डिग्री सेल्सियस) मा काम गरेका थिए । यसअघि सन् २०२० मा सोही टोलीले ८ लाख वर्ष पुरानो बरफको नमूना निकालेको थियो । जसबाट पछिल्लो गर्मीमा पनि हरितगृह ग्याँसको स्तर आजको तुलनामा कम रहेको खुलासा भएको थियो । तर, २०२३ मा ऊर्जा क्षेत्रबाट उत्सर्जनले नयाँ रेकर्ड कायम गरेको छ, जुन वैज्ञानिकहरूका लागि चिन्ताजनक संकेत मानिएका छन ।
यो ऐतिहासिक काम कसरी भयो ?
बरफको यो प्राचीन नमूना पत्ता लगाउन वैज्ञानिकहरूले धेरै सोचविचार गरेर ठाउँहरू छानेका थिए। सम्भावित स्थानहरू आइस शीटको मोडेलिङको आधारमा पहिचान गरिएको थियो, त्यसपछि आइसोटोप ड्रिल प्रयोग गरेर ड्रिलिंग प्रक्रिया सुरु गरिएको थियो। यी उपकरणहरूद्वारा हिउँको गहिराइ र उमेर सही रूपमा मूल्याङ्कन गरिएको थियो। ब्रिटिश अन्टार्कटिक सर्वेक्षण (बीएएस) रडारहरूको सहयोगमा स्थानीय बरफ गतिविधिको डाटा सङ्कलन गरियो, जसले वैज्ञानिकहरूलाई सही स्थान पत्ता लगाउन मद्दत गर्यो।
यो खोज किन महत्त्वपूर्ण छ ?
यस परियोजनाले अब पृथ्वीको पुरानो जलवायु ढाँचा र हरितगृह ग्याँसहरू बीचको सम्बन्धमा गहिरो जानकारी प्रदान गर्नेछ। हरितगृह ग्याँसहरू जुन आइसकोर भित्र फसेका हावाका बुलबुलेहरूमा सुरक्षित हुन्छन्, तिनीहरूको अध्ययन गरेर, वैज्ञानिकहरू तापमानको उतार चढ़ाव र जलवायु परिवर्तनले पृथ्वीलाई कसरी असर गर्छ भनेर बुझ्न सफल हुन सक्छन्। वैज्ञानिकहरूले यो खोज पृथ्वीको वातावरणीय परिवर्तनहरू बुझ्न कोसेढुङ्गा साबित हुने आशा गरेका छन्।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
