यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ १९ पैसाले बढेको छ । आईतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको छ । यसअघि शुक्रबार यूरोको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
