काठमाडौँ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सयले बढेर तोलामा एक लाख ५५ हजार ८०० मा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलामा एक लाख ५५ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।