वाईल्ड लाईफ फोटोग्राफर शेर्पाको अन्तिम बिदाई
काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिएको छ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी, सदस्यहरूले एनएफपिजेको झण्डा ओडाएर सम्मानसहित अन्तिम बिदाइ गरेका हुन्।
शेर्पाको आज बुधबार काठमाडौँको टेकु दोभानमा शेर्पा संस्कार अनुसार अन्त्येष्टि गरिएको हो। उनको आइतबार राति उपचारको क्रममा काठमाडौँको टोखास्थित ग्रान्डी अस्पतालमा ६४ वर्षको उमेरमा निधन भएको थियो ।
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

