पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
काठमाडौं । पाचन क्रियालाई ठीक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत, पेट दुख्ने, एसिडिटी र अन्य पेटसम्बन्धी समस्याहरूलाई टाढा राख्छ। डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ।
साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ । यस्तो अवस्थामा तल पढनुहोस्, फाइबर युक्त खानेकुराहरू, जसलाई आहारमा समावेश गर्दा पेटलाई स्वस्थ राख्न निकै मधत गर्दछ ।
ब्रोकाउली
ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । ब्रोकाउली खाँदा पेटको राम्रो ब्याक्टेरियालाई फाइदा हुन्छ र पेटलाई स्वस्थ र सन्तुलित राख्छ। यस्तो अवस्थामा ब्रोकाउली खानु निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीलाई विशेष गरी तौल घटाउने आहारमा समावेश गर्न सकिन्छ।
स्याउ
स्याउलाई फाइबरयुक्त फलफूलमा गनिन्छ । स्याउ खाँदा तौल सामान्य रहन्छ र पाचन पनि स्वस्थ रहन्छ । तपाईं दैनिक एक देखि दुई स्याउ खान सक्नु हुन्छ। स्याउ खाने सबैभन्दा राम्रो समय बिहान १० देखि ११ र बेलुका ४ देखि ६ सम्मलाइ मानिन्छ ।
सिमी
खानामा फाइबरको मात्रा पूरा गर्न सिमी खान सकिन्छ । सिमी तरकारी, सलाद, सूप र स्ट्यू आदि बनाउन प्रयोग गर्न सकिन्छ। आधा कप सिमीबाट शरीरलाई ९ ग्रामसम्म फाइबर प्राप्त हुन्छ ।
ड्राइ फ्रुट
सुख्खा फलफूलबाट पनि शरीरलाई राम्रो मात्रामा फाइबर प्राप्त हुन्छ । बदाम, काजू र ओखर जस्ता सुख्खा फलफूलमा फाइबर प्रशस्त हुन्छ। यी खाजाको रूपमा खान सकिन्छ। ड्राई फ्रुट स्वादमा मात्रै राम्रो नभई स्वास्थ्यमा पनि प्रभावकारी हुन्छ । तिनीहरूलाई आहारको भाग बनाउनु धेरै लाभदायक छ।
केरा
केरामा पोटासियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। स्वास्थ्यका लागि दैनिक एक वा दुईवटा केरा खान सकिन्छ । केरा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ । केरालाई सादा खान सकिन्छ वा ओट्स, दही, मिल्क शेक वा स्मूदीसँग प्रयोग गर्न सकिन्छ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
