सैफ अली खानमाथि हमला ‘गर्ने’ संदिग्ध पक्राउ
मुम्बई । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खान माथी शुक्रबार भएकाे हमालमा संलग्न एक संदिग्धलाई पक्राउ गरेको छ ।
प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाइएकाे छ । उनलाइ बान्द्रा प्रहरी चाैकीमा लगिएकाे छ । तर, प्रहरीले उनकाे पक्राउका बारेमा कुनै जानकारी दिएकाे छैन् ।
प्रहरीका अनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएको थियो। उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको हो । संदिग्ध व्यक्ति १५ जनवरी बिहान २ः३० बजे सैफको घरको छैठौं तलाबाट तल झरेको देखियो।
यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो । लिलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीले सैफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि निस्किरहेको बताएका थिए । उनको शल्यक्रिया गरेर निकालिएको छ । यो भागलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको थियो । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च सैफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि रहेका छन् ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

