युद्धविराम घोषणापछि पनि गाजामा इजरायली हमला, ८६ जनाको मृत्यु
गाजा । कतारको प्रयासको १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भयो । इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुनेछ।
तर, गाजा पट्टीमा इजरायलले आक्रमण भने जारी राखेको । सम्झौता कार्यान्वयन हुनु अघि बुधबार (१५ जनवरी) इजरायलले गाजा पट्टीमा फेरि विस्फोट गराएको हो । गाजाको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजामा हालै इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको र करिब २५८ जना घाइते हुन पुगेका छन् ।
गाजा सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बिहीबार अर्थात १६ जनवरी एक प्रेस विज्ञप्ति जारी गर्दै भने, “बुधवार अर्थात १५ जनवरीमा युद्धविराम सम्झौता घोषणा भएपछि इजरायली आक्रमणमा ८६ जनाको मृत्यु भएको छ भने र २५८ जना घाइते भएका छन् । यो युद्धविरामको घोषणा पछिको अवधिमा अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो।’ एजेन्सीका प्रवक्ताले अगाडी भने, “इजरायली आक्रमणमा परी ज्यान गुमाउनेमा २३ बालबालिकाका साथै २५ जना महिला पनि रहेका छन् ।’
उही समयमा, इजरायली रक्षा बलले बिहीबार भन्यो कि, ‘आज इजरायली सेनाले गाजा पट्टीमा लगभग ५० आतंकवादी स्थानहरूमा आक्रमण गरेको छ ।’ यसको सर्बत्र आलोचना भइरहेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

