रौतहटको गौरमा निःशुल्क शिविर : ५६५ जनाको आँखा परीक्षणमा २२७ लाई मोतिबिन्दु
रौतहट। गौर नगरपालिका स्थित आयोजित एक दिन निःशुल्क आँखा शिविरमा ५६५ जना मानिसको आँखाको परिक्षण गर्दा २२७ जनामा मोतिबिन्दु रोग देखिएको छ।
गौरका मेयर शम्भु साहको विशेष पहलमा आयोजित एक दिने निःशुल्क आँखाको शिविरमा ५६५ जनाको आँखा परिक्षण पछी ३३८ जनालाई निशुल्क चश्मा बितरण गरिएको थियो। परीक्षण गरिएको मध्ये २२७ जना महिला पुरुषको आँखामा डाक्टरले मोतिबिन्दु रोग ठहर गरेको शिविर संयोजक गौर आँखा अस्पतालका प्रतिनिधि सत्येन्द्र पाण्डेले जानकारी दिएका छन्।
डाँक फाउण्डेशनको सोहयोग गौर नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क शिविरमा मोतिबिन्दु देखिएका विरामीहरुलाई भोली आईतवार देखि पूरेनवा आँखा अस्पतालमा क्रमसः अपरेसन गरिने शिविर ईन्चार्ज पाण्डेले बताएका छन्। विरामीहरुलाई गौरबाट आँखा अस्पताल सम्म ओहोर दोहोर गर्न अस्पतालको बसले सेवा दिनेछ।
निःशुल्क शिविरमा नेत्र अधिकृत शिवकुमार यादव, नेत्रसहायकद्धय सुयोग्य मगर र अफताव आलम दर्जी सहित ९ जना प्राविधिक टोलीले विरामीहरुको आँखाका परिक्षण गरेको थियो। नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंह, गौर आँखा अस्पतालका प्रशासकीय अधिकृत नागेश्वर प्रसाद चौधरी, लेखाअधिकृत पवन न्यौपानेले लगायतको टोलीले शिविरको निरीक्षण गरेको थियो ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
