केराबारीमा जङ्गली हात्तीले लियो तीन जनाको ज्यान, स्थानीय त्रसित
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाएपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परेर एक वृद्धको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगरको उत्तरतर्फको सामुदायिक वनमा रहेका जङ्गली हात्तीले बारम्बार स्थानीयलाई त्रासमा राखेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईँले जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्दै जङ्गल क्षेत्र र हात्ती प्रभावित स्थानमा पोलबत्ती जडानको काम भइरहेको जानकारी दिए ।
विगत केही हप्तामा जङ्गली हात्तीको आक्रमणबाट सोही क्षेत्रका अन्य दुई व्यक्तिको पनि मृत्यु भएको छ । हात्तीले दाउरा काट्न गएका बेला र बस्तीमा प्रवेश गरेर मानवीय क्षति पुर्याएको वडाध्यक्ष खेम न्यौपानेले बताए ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने र घर भत्काउने घटना बारम्बार भइरहेका छन् । मोरङ डिभिजन वन कार्यालयका अनुसार हालैका दिनमा मोरङको बेलबारी, सुन्दरहरैँचा र केराबारीमा हात्तीको उपद्रो तीव्र बनेको छ ।
जङ्गली हात्तीका कारण एक महिनाभित्र सुन्दरहरैँचामा तीन जनाको मृत्यु भइसकेको छ । यसअघि मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेला परेका थिए, जसमा एक हात्तीलाई गोली हानेर मारिएको थियो । हात्तीको त्रासका कारण स्थानीयवासीले रातभर जाग्राम बस्नुपरेको वडाध्यक्ष न्यौपाने बताउँछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
