आगलागीको अफवाह पछि रेलवाट हामफाल्दा मुम्बइमा मृत्युकाे हुनेकाे संख्या १३ पुग्याे
मुम्बइ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ । बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो ।
यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई नराम्ररी कुल्चियो । यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जनाएको छ ।
यो दुर्घटना यति डरलाग्दो थियो कि कल्पना गर्दा पनि मुटु नै काप्न थाल्छ । ट्र्याकमा जताततै शरीरका टुक्रा टुक्रा देखा परेका थिए। यो दृश्य देख्ने जो कोही डराए । जताततै लाश र कोलाहल थियो । अहिले पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।
दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । यो दुर्घटनालाई नजिकबाट देखेका एक यात्रुले गुडिरहेको ट्रेनमा अचानक ब्रेक लागेको बताए । केही यात्रुले एउटा डिब्बामा आगो लागेको बताएका छन् । त्यसपछि त्यहाँ कोलाहलको वातावरण सिर्जना भएको थियो ।
खासमा पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो। सो रेल फुल स्पीडमा थियो तर बुधबार दिउँसो ४ः४२ बजेको थियो, जब ट्रेन मुम्बईबाट ४२५ किलोमिटर टाढा जलगाउँको पचोरा रेलवे स्टेशन नजिक पुगिसकेको थियो। त्यही क्रममा रेलको ४ नम्बर बोगीमा धुवाँ उठेको अर्थात् आगलागी भएको हल्ला रेल भित्र फैलियो ।
यो सुनेपछि त्यहाँ हंगामा मच्चियो । यात्रुहरू रेलबाट ओर्लेर दौडन थाले र आफ्नो ज्यान जोगाउन खोज्दा विपरित दिशाबाट आउँदै गरेको कर्णाटक एक्सप्रेसले ठक्कर दिए । केही बेरमै ट्र्याकमा शव मात्रै देखिन्थे ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
