जाडो मौसममा खानुहोस यी सुप, जसले थप बलियो बनाउँछ
काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ । यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुदैँन ।
पोषणविद्का अनुसार केही मानिसहरू भिटामिनको कमीलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन थाल्छन्। तर मल्टि भिटामिनको कमीलाई पूर्ति गर्न, तपाइँ आफ्नो आहारमा केहि सूप समावेश गर्न सक्नु भयो भने धेरै नै फाइदा हुनेछ । उसो भए जानौं, कुन सूप पिउनाले भिटामिनको कमी हुँदैन भन्ने कुरा ?
मकै र पालक सूप
पालक र मकैको सुपमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउन काम गर्छ। मकैमा फाइबर र भिटामिन बी कम्प्लेक्स पाइन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । साथै, पालकमा पोटासियम र म्याग्नेसियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ।
चुकन्दर र गाजर सूप
चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसका कारण शरीरमा रगतको कमी हुँदैन । साथै, गाजरमा भिटामिन ए हुन्छ, जुन छाला र आँखाका लागि फाइदाजनक हुन्छ। चुकन्दर र गाजरको सुप पिउनाले रक्तसञ्चार पनि बढ्छ । जसले गर्दा भिटामिनको कमी हुँदैन ।
मुगुको दालको सूप
मुगको दालमा प्रोटिन र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशी बलियो बनाउन काम गर्छ। यसले भिटामिन बी–९ को कमीलाई पनि हटाउँछ। मुगको दालमा पनि फाइबर पाइन्छ । यसले पाचन र कब्जियतसँग सम्बन्धित समस्याहरू हटाउँछ। यसमा कम क्यालोरी सामग्री छ। यसले तौल घटाउन पनि मद्दत गर्छ ।
यी तीन सूप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । यसको सेवनले चिसोबाट पनि बचाउँछ र मल्टिभिटामिनको कमी पनि पूरा गर्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
