तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या
जाजरकोट । जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका ७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन वर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो ।
बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो । परिवारले राति १० बजे मात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका ६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ ।
‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेप नै भएको चाँहि देखिदैन । तर, प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डीएसपी पाण्डेले भने ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
