अमेरिका बाहिरिने भएपछि डब्ल्यूएचओले के भन्यो ?
काठमाडौँ । डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा पुनरागमनको प्रभाव विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले पनि महसुस गरिरहेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, डब्ल्यूएचओले लागत घटाउनुपर्ने र कुन स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने भनेर समीक्षा गर्नुपर्ने बताएको छ ।
यो बयान ट्रम्पको घोषणापछि आएको हो, जब ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका डब्ल्यूएचओबाट अलग हुने बताएका थिए । ट्रम्पले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीलाई कोभिड(१९ महामारी र अन्य विश्वव्यापी स्वास्थ्य संकटहरूलाई गलत तरिकाले सम्हालेको आरोप लगाए ।
‘यो घोषणाले हाम्रो आर्थिक अवस्थालाई अझ नाजुक बनाएको छ,’ डब्ल्यूएचओका महानिर्देशक अधानोम गेब्रेयससले भने । डब्लुएचओले महत्वपूर्ण क्षेत्रहरू बाहेक यात्रा खर्चमा उल्लेखनीय कटौती गर्ने र भर्ती स्थिर गर्ने योजना बनाएको उनले बताएका छन् ।
एक वर्षको सूचना अवधि पछि अमेरिका जनवरी २०२६ मा डब्लुएचओबाट बाहिरिने तालिका रहेको छ । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो आर्थिक सहयोगी हो, जसले यसको लगभग १८ प्रतिशत कोष प्रदान गर्दछ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

