खल्तीले मनाउँदै डिजिटल रूपान्तरणको ग्रेट आठौँ वर्षः रू ८ मै ८८,८८८ जनालाई कफी र अन्य थुप्रै अफरहरू
काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते (२६ जनवरी २०२५) मा आठौँ वर्ष पूरा गरेको छ र सोही अवसरमा ‘Celebrating Gr8 Years’ थिम राखी आफ्नो आठौँ वार्षिकोत्सव मनाइरहेको छ ।
२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक देखिन्छ । विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय ‘खल्ती’ ईभेन्ट टिकटिङ , भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा अग्र स्थानमा छ भन्दा कुनै दुई मत छैन । यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानी देखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ र पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तिय सेवाहरू ल्याएको छ ।
नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।
गत वर्ष जस्तै यस वर्ष पनि लगातार देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा ‘खल्ती’ NCHL द्वारा सम्मानित भयो भने नास् आइ. टी. अवार्ड साथै अन्य थुप्रै सम्मान र अवार्डहरू हासिल ग-यो। हालै खल्तीले गुगल प्ले स्टोरमा ५० लाख डाउनलोड पनि पूरा गरेको छ । नेपाल प्रिमियर लिगको टिकटिङ, बाइक सुरक्षा र कार सुरक्षाको सुरुवात, बिगेस्ट पेमेन्ट जात्राको तेस्रो संस्करणको सफलता, रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने प्लेसेस बाई खल्ती र ग्याजेटहरूका लागि खल्ती मलको स्थापना – यस आठौँ वर्षको प्रमुख बिन्दुहरू रहेको खल्तीले जनाएको छ ।
आठौँ वर्षको अफरः आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ०७ देखि १८ गतेसम्म, हरेक सुविधालाई निश्चित समय अवधि तोकेर ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ ।
● पहिलो ८८,८८८ प्रयोगकर्ता सम्मलाई ८ मै कफी
● पहिलो ८,८८८ प्रयोगकर्ता सम्मलाई ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बिमा प्याकेज
● ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ मै ५०० सम्मको टपअप
● ८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ मै मुभी टिकट
● ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई ८ मै फ्लाइट टिकट
८ मै कफी प्राप्त गर्न प्रयोगकर्ताहरूले खल्ती एप भित्र ‘ईन्टरटेनमेन्ट’ सेक्सनमा गई ‘प्लेसेस’ भित्र कफीको अफर छनोट गरी आफूलाई पायक पर्ने ठाउँमा ८ मै कफी अर्डर गर्न सक्नेछन् भने यस अफर माघ १३ देखि १५ सम्मका लागि मान्य रहने खल्तीले जनाएको छ । खल्तीले अन्य अफरको लागि आ–आफ्नो समय अवधि र व्यवस्था छुट्टाएको छ । यसका साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै खल्ती मल अफर तथा उपहार पनि आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्षमा उपलब्ध गराएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्ः
“स्थापनाको समयबाटै खल्तीले सम्पूर्ण नेपालीहरू माझ वित्तीय समावेशीकरण उपलब्ध गराउने उद्देश्य लिई आफ्नो कार्य गरी रहेको छ। आजको दिनमा यी आठ वर्षहरूलाई फर्केर हेर्ने हो भने खल्ती डिजिटल नेपालको यात्रामा एउटा बिर्सनै नहुने अंश बनेको छ। घरै बसी बसी अधिकांश सेवाहरूको भुक्तानी लिन मिल्ने सहज व्यवस्था र आफ्नो इनोभेसनका कारण आज हरेक नेपाली घरमा हामी एक विश्वसनीय ब्रान्डको रूपमा उभिन सफल भएका छौँ । हामीले निजी क्षेत्र देखि सरकारी क्षेत्र अनि कन्सर्ट, कमेडी सो देखि खेलकुद सम्म अधिकांश सेवाहरू खल्तीमा उपलब्ध गराएका छौँ । खल्तीलाई फाइनान्सियल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धतामा हामी तीव्र गतिमा अगाडी बढिरहेका छौँ भने खल्तीबाट विभिन्न नवीन सेवाहरू थपी हाम्रा प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
