मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन ।
नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र कांग्रेसको सरकार बनेको उनको दावी छ ।
सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसदमा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन । राष्ट्रिय हित, गौरव, सुशासनको पक्षमा संसदमा एमालेको भूमिका हुने उनले जनाए ।
कमी कमजोरी रहेका कुरालाई सच्याउँदै सुशासनलाई सुदृढ बनाएर अघि बढ्नु पर्नेमा ओलीले जोड दिदै भने, ‘हाम्रो अत्यन्त सक्रिय र बहुआयामीक दृष्टिकोण रहने छ ।’
सरकारले छिमेक सम्बन्धलाई विशेष रूपमा अघि बढाउने बताउँदै उनले अन्तराष्ट्रिय समुदायमा पनि विश्वशान्ति, निःशस्त्रीकरण र अन्तराष्ट्रिय न्यायको पक्षमा सरकारको स्पष्ट दृष्टिकोण रहेको ओलीले स्पष्ट पारेका छन । ‘हाम्रो सम्बन्ध कोही पनि शत्रु छैन हाम्रो, सबै हाम्रा मित्र हुन् भन्ने आधारमा हुने छ’, ओलीले बैठकमा भने ।
नेपाल मानवता र शान्तिको पक्षमा रहेको बताउँदै नेपालमा २० प्रतिशतको दरमा रहेको गरिबीलाई शून्यमा झार्ने योजनाका साथ सरका अघि बढिरहेको ओलीले स्पष्ट पारेका छन ।
वातावरण परिवर्तनमा परेको प्रभावलाई रोक्नको लागि नेपाल प्रतिबद्ध रहेको र त्यसमा विश्व समुदायको ध्यानाकर्षण गराउने ओलीले स्पष्ट पारेका छन । माघ महिनामा समेत हिमालमा हिउँ नदेखिनु निक्कै चुनौतीपूर्ण स्थिति रहेको बताउँदै ओलीले हिन्दकुश पर्वतमालाको सबैभन्दा ठुलो भाग नेपालमा रहेको बताउँदै ओलीले विश्वको वातावरण संरक्षण गर्ने कुरामा यसको महत्त्व रहेकोले त्यसको संरक्षण गर्दै नेपाल अघि बढ्ने उनले जनाए ।
‘विश्व शान्ति र विश्व वातावरणीय सुरक्षामा हामीले बढी ध्यान दिने छौँ’, उनले भने ।
व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने गलत प्रचार गरिएको भन्दै ओलीले त्यसमा एमालेका सांसदहरू सचेत हुनुपर्ने जनाउँदै ओलीले आफ्नो पालामा देशमा असाधारण काम भएको दाबी गरेका छन ।
संविधान अपरिवर्तनीय दस्ताबेज नभएको बताउँदै ओलीले अहिलेको संविधान दुई पटक संशोधन भइसकेको बताए । संविधान संशोधन गरेर लोकतन्त्रलाई थप बलियो बनाउने काम गरिएको ओलीले स्पष्ट पारेका छन । ‘नेपालमा लोकतान्त्रिक अभ्यास र संवैधानिक प्रक्रिया स्वीकार्य छ, स्वागत गरिन्छ, स्वागतयोग्य छ, लोकतन्त्रमा लोकतान्त्रिक प्रक्रिया बाहेक अन्य कुनै पनि अराजक बाटोबाट परिवर्तन सम्भव छैन’, ओलीले भने ।
अहिले दिनैपिच्छे सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै ओलीले त्यसको पछि नलाग्न पनि आग्रह गरेका छन । सरकार ढल्ने म्याद सार्दै आएकालाई ओली भने, ‘२०८४ मङ्सिरमा सरकार परिवर्तन हुन्छ, निर्वाचन पछि के परिणाम आउँछ, त्यही अनुसारको सरकार बन्छ, मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन्, २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्विस बैङ्कमा पैसा राखेको छ भनेर प्रचार गरेको भन्दै भ्रामक प्रचार गरिएकोसमेत बताउँदै यस्ता प्रचार गर्नेको कुनै खण्डन गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन ।
आफूलाई पशुपतिमा पित्तल चढायो, छानबिन गरी पाउँ भन्नेसम्मका आरोप लगाइ छानबिनसम्म गरिएको ओलीले स्मरण गराउँदै पशुपतिनाथमा चढाइएको सुन उक्काएर जोख्दा कुनै कैफियत फेला नपारेपछि उनीहरू चुप लागेका ओलीले बताए । कमजोरहरूको झुट बोल्ने, बेइमानी गर्ने चरित्र हुने ओलीको भनाइ छ ।
ओलीले सांसदहरूलाई अत्यन्तै संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन । तथ्यमा आधारित बहस गर्न निर्देशन दिदैँ ओलीले तथ्य र सत्यको आधारमा बोल्ने कुरामा हिचकिचाउन नहुने जनाए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

