हमासले बन्दी बनाएका ८ जनाको मृत्युः इजरायल
तेल अहिव। इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ ।
इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ ।
इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरुलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुईवटा ब्याचमा रिहा गरिनेछ ।
बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् । उनीहरूलाइ हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो।
इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको अझै छैन । इजरायलले यसलाई युद्धविरामको उल्लङ्घन भनेको छ।
युद्धविराम सम्झौता अन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ । यी सबै महिला हुन् । जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ ।
हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको थियो । इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो । युद्धविरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

