विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु
जानकारी केन्द्र
२०८१, माघ, १६
बाँके । बाँकेको कोहलपुर नगरपालिका १२ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मंगलबार दिउँसो रक्षा मध्यवती सामुदायिक वनमा रूखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु भएको हो ।
विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा सोही ठाउँका सन्तोष प्रसाद अर्यालका १४ वर्षीय छोरा सन्दिप अर्याल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
