एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ
जानकारी केन्द्र
२०८१, माघ, २०
काठमाडौं । प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ।
एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो।
‘ठूलो रकमको अनलाइन जुवा खेलाएको सूचना आएपछि दुई घरमा छापा मारेर संलग्नहरूलाई पक्राउ गरिएको हो,’ कार्यालयका एक अधिकृतले भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नयाँ प्रमुखको रुपमा एसएसपी रमेशकुमार बस्नेतले शुक्रबार कार्यभार सम्हालेका थिए। उनले कार्यभार सम्हालेपछि कार्यालयले गरेको यो पहिलो ठूलो ‘अपरेशन’ हो।
ती अधिकृतले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाइएको बताएका छन्।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

