क्यानडा, मेक्सिको र चीनमाथि नयाँ व्यापार कर लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि नयाँ व्यापार कर लगाउने घोषणा गरेका छन् ।
अमेरिकाले मेक्सिको र क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत थप कर लगाउने घोषणा गरेका हुन् । उनले चुनावका बेला यी देशलाई नयाँ कर लगाउने बताउदै आएका थिए । अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदार यी तीन देशलाई नयाँ कर लगाउने घोषणासँगै यी देशहरूसँग अमेरिकाको व्यापार सम्बन्ध प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ ।
ट्रम्पले अमेरिकी कम्पनिलाई प्रोत्साहित गर्न बाहिरबाट आउने उत्पादनलाई हतोत्साहित गर्न नयाँ कर लगाएको दलिल दिएका छन् । ट्रम्पले आफ्नो यस निर्णयले महंगी नबढ्ने दाबि गर्दै विश्वव्यापी अर्थतन्त्रमा कुनै नकारात्मक प्रभाव नपर्ने बताएका छन् ।
ट्रम्पले अवैध आप्रवासी समस्यामा क्यानडा र मेक्सिकोमाथि दबाब बढाउन नयाँ कर लगाएको समेत बताइएको छ । दुवै देशले अवैध आप्रवासन र फेन्टानिल तस्करीमा ट्रम्पसँग सम्झौता गरेमा यी कर फिर्ता हुनसक्ने बताइएको छ ।
ट्रम्पको यो कदमको क्यानडा र मेक्सिकोले विरोध गरेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आवश्यक परेमा प्रतिशोधात्मक कर लगाउन सक्ने बताएका छन् । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आफ्नो देश तयार रहेको र कुनै पनि परिस्थितिको सामना गर्न योजना रहेको बताइन् । यसको निर्णयले अमेरिकी वित्तीय बजारमा पनि गिरावट ल्याएको छ ।
अर्कोतर्फ विज्ञहरूले भने यी करका दर लामो समयसम्म जारी रहेमा यसले विश्वव्यापी व्यापारमा अस्थिरता निम्त्याउन सक्ने र मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिएका छन् ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

