नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा अटो शो आयोजना हुने भएको बताइएको छ। नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
उक्त छलफलमा यही २०८१ चत्रै १३ देखि १७ सम्म पोखरामा वाडा अटोशोआयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने जनाइएको छ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान प्रदान गरेका थिए ।
भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्दकुमार उप्रेती गरेका थिए भने धन्यवाद ज्ञापन नाडाका बरिष्ठ उपाध्यक्षआकाश गोल्छाले गरेका थिए । नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६ औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भाद्र महिनामा भृकुटी मण्डपमा सम्पन्न गरेको थियो । यसैक्रममा नाडाले अन्य प्रदेशहरूमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्ने नाडाले जनाएको छ।
कार्यक्रममा नाडाका तर्फबाट निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, तथा केन्द्रीय कार्य समिति सदस्यहरू कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती लगायतको उपस्थिति थियो।
त्यसैगरी, वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्यहरू शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलसमेतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
