मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला
रौतहट । रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घन्टा पछि फेला परेको छ।
राजदेवी–६ स्थित बागमति नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये बर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए।
बाग्मती नदीमा सरस्वतीको मुर्ति बिसर्जन गर्न गएको र अबेर सम्म घर नफर्केको हुदाँ निजको आफन्तले सोही नदीमा खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए।
खबर लगत्तै सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको बीरदल गण रौतहटबाट संयुक्त टोली खटिई गएको संयुक्त टोलीले खोजि गर्दै जादाँ आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मीटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। मृतक विधार्थी स्थानिय प्राबि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा रहेका थिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
