Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २४
ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका ११ जनालाई लगियो कीर्तिपुर

काठमाडौं  । काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्।

बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो। विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका रहेको परिसरले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स