गाजा कब्जा गरेर रिसोर्ट बनाउने ट्रम्पको योजना, मुस्लिम देशहरूको बिरोध
गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पत्रकार सम्मेलन गर्दै गाजा पट्टीलाई अमेरिकी नियन्त्रणमा लिने कुरा गरेका थिए ।
ट्रम्पले अमेरिकाले गाजा पट्टी कब्जा गर्ने र त्यहाँ रिसोर्ट सिटी निर्माण गर्ने बताएका थिए । उनको तर्क यो छ कि, त्यसपछि त्यहाँ पश्चिम एसियाको रोजगारी र पर्यटनको केन्द्र बन्नेछ। तर, मध्यपूर्वका धेरै देशहरूले ट्रम्पको भनाइको विरोध गरेका छन्।
साउदी अरेबियाले भन्यो, ‘हामी प्यालेस्टाइनका जनताको साथमा छौँ। हामी साम्राज्यवादी उद्देश्यका साथ गाजामा कुनै पनि प्रकारको घुसपैठको विरोध गर्दछौं। इजरायलसँगको सम्बन्ध प्यालेस्टाइनसँग मात्र सम्भव छ। गाजाका जनताको निष्कासन सहने छैन।’
उता, संयुक्त राष्ट्रसंघले गाजालाई कुनै पनि हिसाबले कब्जा गर्नु र त्यहाँका जनतालाई विस्थापित गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको बताएको छ । गाजामा मानवअधिकार उल्लङ्घन गर्नु गलत हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘गाजामा रहेका २३ लाख मानिसलाई इजिप्ट र जोर्डनजस्ता देशमा पुनर्वास गरिने छ । अमेरिकाले अहिले पश्चिम एसियाका समस्या समाधानका लागि लामो समयको योजनामा काम गर्न थालेकोसमेत जनाए ।
ट्रम्पका अनुसार यो योजना सारा विश्वका लागि फाइदाजनक साबित हुने भएको छ । यसको नतिजा छिट्टै आउनेछ । नेतान्याहुले पनि यो भने कि, ‘यो ऐतिहासिक हुनेछ।’
ट्रम्पले भने, ‘गाजा बारुदी सुरंग र आतंकवादी गुफाहरूले भरिएको छ। पूरै गाजालाई समतल बनाइनेछ र त्यहाँ पूर्वाधारको विकास गरिनेछ।’ ट्रम्पले बिग्रँदै गएको गाजा अहिले श्रापित ठाउँ भएको भन्दै त्यहाँ कोही पनि जान नचाहेकोसमेत बताएका छन् ।
साउदी र राष्ट्रसंघसँगै जोर्डन, टर्की र प्यालेस्टाइनले पनि ट्रम्पको भनाइको विरोध गरेका छन् । जोर्डनले गाजाको जमिन कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट हटाउने कुनै पनि प्रयासको विरोध गर्ने बताएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
