फर्पिङमा जुनकीरि स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४१ घाइते
काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-४ फर्पिङमा स्कुल बस दुर्घटना भएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे ३ बजे जुनकीरि इंग्लिस बोर्डिङ स्कुलको बा१क ५६६४ नम्बरको बस सडकबाट सय मिटर तल खसेको हो। दुर्घटनामा परी चालक ३५ वर्षीय रामकृष्ण थापामगर र दक्षिणकाली नगरपालिका-४ घर भएका ८ वर्षीय विद्यार्थी विपीन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।
बोहराका अनुसार चालक थापामगरको नगर अस्पताल दक्षिणकालीमा र विद्यार्थी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा ४१ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको बयोधा, तीन जनाको नगर अस्पताल दक्षिणकाली, पाँच जनाको कीर्तिपुर अस्पताल, तीन जनाको सहिद अस्पताल, १२ जनाको ट्रमा सेन्टर, सात जनाको मेडिसिटी अस्पताल, पाँच जनाको मनमोहन अस्पताल र एक जनाको नर्भिक अस्पतालमा उचापर भइरहेको छ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बोहराले बताए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
