Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

पानी तताउने क्रममा करेन्ट लाग्दा एक युवतीको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २७
पानी तताउने क्रममा करेन्ट लाग्दा एक युवतीको निधन

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका ६ भमरकोटमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । २२ वर्षीया सरस्वती तिरूवा, जो कालीकोटकी स्थायी बासिन्दा हुन्, आइतबार बिहान करेन्ट लागेर ज्यान गुमाएकी हुन् ।

उनी पाँचखाल ६ स्थित सविता अर्यालको घरमा रेखदेख गर्दै बस्दै आएकी थिइन् । प्रहरीका अनुसार पानी तताउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स