पिकनिक गएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए।
बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए।
दुर्घटनामा अन्य ४० जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको बोहराले बताए।
दुर्घटनामा घाइते भएकामध्ये एक जनाको टिचिङ अस्पताल, एक जनाको शंखरापुर अस्पताल र एक जनाको नेपाल मेडिकल कलेजमा मृत्यु भएको बोहराले बताए।
दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते रहेका छन्। ३४ जना सामान्य घाइते र चालकको स्तुपा हस्पिटलमा उपचार भइरहेको छ।
उक्त बस स्कुलले रिजर्ब गरेर पिकनिकका लागि लगेको बुझिएको छ।
पिपुल्स लाइफ कियर अस्पतामा उपचारार्थ
१)फिलिप लामा बर्ष १०
२)प्रजोल थापा बर्ष १०
३)भिम तामाङ बर्ष ११
४) राम पररियार बर्ष १६
५)सुजन मगर बर्ष १६
६) सिरिसा सिवेदि बर्ष १२
७)प्रकाश बम बर्ष १६
८)साधन बिष्ट बर्ष १२
९)आराध्या शाह बर्ष १०
१०) आशिस तामाङ बर्ष १५
११) स्नेहा राइ बर्ष २१
१२)गंगा ज्वति बर्ष ४२
१३)रन्जित थापा बर्ष १३
१४)सुहाना गुभाजु बर्ष १३
१५)श्रिसान्त पौडेल बर्ष १५
१६)कल्पना रेज्मि बर्ष ३२
१७)बिकल्प श्रेष्ठ बर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ बर्ष १४
२०)निशान्त पौडेल बर्ष १४
२१)सौगात मगर बर्ष १४
२२) अबित खान बर्ष १०
२३)अंकित नेपाल बर्ष १५
२४) रिदम थापा बर्ष १५, अ.अ कार्य जारी ।
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार बर्ष १२/१३
२)धिरज साउद बर्ष १४
३) सन्देश गिरि बर्ष १३
४)शुसाङ्क डोटेल उपचारको क्रममा मृत्त घोषणा
नेपाल मेडोकल कलेजमा उपचार्थ ;-
१)बर्ष १३ को शक्सेस खड्का
२) बर्ष ३७ कि गोमा थापा
३)बर्ष १० कि सनसाइन तामाङ
४) बर्ष ९ को निशम राइ
५)बर्ष १५ को समिर तामाङ
६) बर्ष १९ को सन्यम महर्जन
७) बर्ष १४ कि रितिका खत्रि
८)बर्ष १२ को जेनिस दाहल
९)बर्ष १५ को अभिषेक मोक्तान
१०)बर्ष १६ को मिनु राइ
११)बर्ष १३ को रोहन अधिकारी
१२)सुबिना तामाङ
१३)नाम वतन नखुलेको १ जना पुरुष (मृत्यु)
१४)रोहन अधिकारी ।
टिचिङ अस्पतालमा उपचारार्थ;-
१) नाम वतन नखुलेको अं. बर्ष १६/१७ को पुरुष मृत्यु
२ बर्ष १६ को प्रबत दाश
३) बर्ष १५ युनिसा थामि
४)शुसिला तामाङ
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
